वैशाख १२ भूकम्पले तनहुँका धेरै विद्यालयका भवन भत्कायो। आबुखैरेनी-१ को १७ सय फाँट स्थित मित्रता उच्चमाविको भवन पनि भत्कियो। मुख्य भवन भत्किएपछि कक्षा सञ्चालन कठिन भयो। क्षतिग्रस्त भवन तत्काल बनाउन सम्भव थिएन अर्कोतर्फ कक्षा रोक्ने कुरा पनि थिएन।
कसरी सञ्चालन हुन सक्छ भनेर सोचिरहँदा क्यानडाको इन्टर कल्चरल उमन्स इजुकेशन नेटवर्कबाट क्रिएटिङ पोसिबिलिटिज नेपालमार्फत विद्यालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त हुने सम्भावना भयो।
स्थिति कस्तो थियो भने विद्यालयको एउटा भवन एक तला बनाएर अर्को तला ढलान गरेर राखिएको रहेछ। त्यस तलामा ४ वटा कक्षा कोठा बनाउने योजना रहेछ। वैशाख २९ गते विद्यालय हेर्न दुवै संस्थाका प्रतिनिध सत्रसय फाँट पुगे। छलफल चल्यो। अन्तिममा निष्कर्ष आयो भत्किएको भवनको सट्टा टहरामा पैसा नखर्चिने। किनभने टहराको आयु केही महिना वर्षलाई मात्र हो। बरु छेउको भवनमा इटाको गाह्रो लगाएर अर्को तला निर्माण गर्ने जसको आयु लामो हुनेछ।
तला थप्नुअघि मित्रता उच्चमाविको भवन
तला थप्ने काम हुँदै
एक तला थपियो
प्रकाशित: १८ जेष्ठ २०७२ ०४:१२ सोमबार