ब्लग

ओली कसैका रहर होइनन्

कसैलाई मन परोस्न/परोस्, केपी शर्मा ओली तेस्रो पटक पनि नेपालका प्रधानमन्त्री बन्न सफल बने। नेपाली राजनीतिमा ‘चतुर खेलाडी’ देखिएका उनी अझै कतिपटक प्रधानमन्त्री बन्छन्, त्यो यकिन छैन।

ओलीलाई मन पराउने कति छन्? चुनाव नभइकन ठ्याक्कै भन्न सकिन्न। उनलाई मन नपराउनेको संख्या समाजिक सञ्जालमा धेरै देखिन्छ। उनीहरु  कति ‘बाएस’ छन्/छैनन्, त्यो आफ्नो ठाउँमा छ। तमाम विरोधका आवाजमाझ अझै पनि ओलीको आवाज बुलन्द छ।  

ओली कसैको रहर होइनन्, तर ओली मन नपराउनेले पनि ओलीलाई समर्थन गर्न बाध्य देखिन्छन्। त्यसैले होला राष्ट्रवादको तीरबाट घायल छिमेकी पनि उनैलाई बोक्न बाध्य बन्यो। उसलाई थाहा छ, ओलीलाई रोक्न खोज्दा राष्ट्रवादको भेल फेरि उठ्न सक्छ। तीरको खेल बुझेकालाई थाहा छ  घोपाईको पीडाभन्दा यसलाई निकाल्न खोज्दाको पीडा  अत्यधिक रहन्छ। 

ओली कसैको रहर होइनन्, तर ओली मन नपराउनेले पनि ओलीलाई समर्थन गर्न बाध्य देखिन्छन्। त्यसैले होला राष्ट्रवादको तीरबाट घायल  छिमेकी पनि उनैलाई बोक्न बाध्य बन्यो। चतुर छिमेकीलाई थाहा छ, ओलीलाई रोक्न खोज्दा राष्ट्रवादको भेल फेरि उठ्न सक्छ। 

नेपाली काँग्रेसलाई ओली निरन्तरता रहर होइन। तर, देउवा ओली हटाएर आफू प्रधानमन्त्री बन्न इच्छुक देखिएनन्। कम्युनिष्ट फुटेको बेलामा जितिन्छ बन्ने आशा बोकेका देउवाले ओलीलाई नै निरन्तरता दिएर चुनावमा जाने बाध्यता चुने।  

मधेशवादी दलले त ओली मन पराउने धेरैले कल्पना पनि गरेका थिएनन्। मधेशका बारेमा ओलीका तिखा अभिव्यक्ति भुलेर पार्टीलाई नै फुटको संघारमा पुर्याउनु पक्कै उनीहरुको रहर थिएन  होला। तर मधेशका केही माग र केही थान मन्त्रालयको लोभमा  उनीहरु समर्थन गर्न बाध्य बने।  

ओलीलाई थाहा छ के बोल्नुपर्छ, के बोल्नु पर्देन भन्ने। मिडियामा उनका प्रत्येक बोलीले महत्व पाउने गर्छन्। उनले ‘त्यो पर्देन’ भनेको कुरा पनि भाइरल बन्यो। उनको बोलीलाई महत्व दिने रहर मिडियाको पनि छैन तर पाठकले उनका कुरा चासो राख्ने गरेका कारण उनका समाचार छाप्न बाध्य छन्।  

कतिसम्म भने ‘ओलीसँग वार्ता नै  गर्दिनँ’ भन्दै घुर्काएर बसेका माधव नेपाल पनि ओलीसँग वार्ता गर्न बाध्य बने। त्यसमा पनि वान टु वान वार्ता त झनै रहर होइन। तर, लगातार त्यही वार्ता गर्न बाध्य बने।  

ओली सायद जनताका पनि रहर होइनन्। तर, नाकाबन्दीको समयमा चुइँक्क नबोल्ने पार्टीको भोट पनि ओलीलाई दिने बाध्यता आइपुग्यो। मधेशको हितमा कुरा गर्ने तर काम नगर्ने प्रवृत्तिविरुद्धको भोट पनि ओलीकै पोल्टामा पुग्यो। नयाँ सोचका पार्टी खुले पनि त्योप्रति विश्वस्त हुन नसक्नेको मत पनि ओलीमै गयो। ओली जनताका रहर थिएनन् । तर, जनता ओली चुन्न बाध्य बने।

प्रकाशित: ३ जेष्ठ २०७८ ०९:१० सोमबार

ओली कसैका रहर होइनन्