ब्लग

‘तेस्रो विश्वयुद्ध’ लड्दैछौं हामी

कोरोना भाइरसको महामारी

सुमन थापा‘संगम’

अहिले फैलेको कोरोना भाइरसको सुषुप्त युद्धलाई तेस्रो विश्वयुद्ध भने पनि फरक नपर्ला! आज भाइरसबाट विश्व नै नराम्रोसँग प्रताडित छ। चीनबाट शुरु भएको यो भाइरसले विश्वका करिब आठ लाख मानिसको ज्यान लिइसक्यो।  

कोरोनाले मानिसको जीवनसँग जोडिने सबै क्षेत्रमा प्रभाव पारिरहेको छ। मानवीय क्षति त हुँदैछ, यसले उधोगधन्दा, व्यापारमा पारेको असरले गर्दा आर्थिक, राजनैतिक, सामाजिक लगायतका क्षेत्र पनि उत्तिकै प्रभावित बनेका छन्।  

कुनै पनि रोग आफैंमा पीडादायी हुन्छ, त्यसमाथी पनि एकदेखी अर्कोमा सजिलै संक्रमण हुने यो भाइरसले समुदायलाई नै विभक्त बनाइदिएको छ जुन सामान्य जनजीवनका निम्ति थप पिडादायी बनेको छ।

राज्यले बन्द र निषेधाज्ञा मात्र नगरी कसरी सरसफाइमा ध्यान पु-याउने, कसरी दूरी अपनाउने जस्ता चेतनामूलक कार्यक्रम चलाउनु पर्छ। र, क्वारेन्टाइन तथा आइसोलेसन क्षमता तिब्र गतिमा बढाउनु पर्छ। अनि स्वास्थ्यकर्मीलाई उत्साहित बनाउने खालका कार्यक्रम ल्याउन जरुरी देखिन्छ।

पोखरेली कलाकार डि.बि गुरुङले बनाएको कोरोनाको प्रभाव सम्बन्धि चित्र। 

सन् २०१९ को डिसेम्बरबाट सुरु भएको यो कोरोना रोग नेपालमा विसं २०७६ को अन्तिममा देखिन शुरु भयो। चीनमा संक्रमणको सूचना दिने चिकित्सक ली विन लियाङले यो रोग सार्सभन्दा पनि भयानक रूपले फैलने चेतावनी दिएका थिए। जुन अहिले सत्य सावित भएको छ। यसको कुनै औषधी छैन, यसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प भनेको एक अर्कादेखि टाढा रहनु हो।  

सुरुवाती समयमा यसलाई नियन्त्रण गर्न नेपालले पनि व्यापार, व्यवसाय, शिक्षा कलकारखाना  सबै  पुर्ण रूपमा बन्द गरायो। झन्डै तीन महिना बन्दाबन्दीको सकसपूर्ण अबस्थामा दैनिकी चलाउनु प¥यो। अन्ततः बन्द मात्रले रोग नियन्त्रण गर्न नसकिने निश्कर्षसहित लकडाउन खुकुलो बनाइयो।  

हामी बन्दमा त बस्यौ तर हाम्रा आर्थिक ब्यवहार बन्द थिएनन्। म एउटा सामान्य गृहिणी, सानोतिनो ब्यवसाय गर्छु। राज्यले बन्दको घोषणा गरिसके पछि बन्द अवधिमा परिवारलाई समय दिनु र सामान्य लेखपढ गर्नु बाहेक मसँग अरु विकल्प थिएन।

घर भित्रै बसिरहँदा दैनिक जीवनयापन गर्न त समस्या हुन्छ नै, त्यसमाथी घर बहाल, ब्यवसाय गर्ने स्थानको बहाल र राज्यलाई व्यवसाय कर कसरी तिर्ने भन्ने कुराले मानसिक तनाव बढायो।  

न घरभेटीले बहाल छुट दिने नीति सरकारले ल्यायो न घरधनीले। कतैकतै घरभाडा छुट दिएको देखियो। प्रायः घरधनीले घरभाडा छुट दिन चाहेनन्। राज्यले पनि कर छुटको व्यवस्था गर्न चाहेन।

घर भित्रै बसिरहँदा दैनिक जीवनयापन गर्न त समस्या हुन्छ नै, त्यसमाथी घर बहाल, ब्यवसाय गर्ने स्थानको बहाल र राज्यलाई व्यवसाय कर कसरी तिर्ने भन्ने कुराले मानसिक तनाव बढायो।  

आफ्नो सुरक्षाको निम्ति बन्दी भएर घर भित्र रहनु उचित थियो तर कहीँ कतैबाट राहत, सुरक्षा र राज्यले हेर्ने प्रावधान नभए पछि बन्दको समयमा मध्यम बर्गिय र आर्थिक कमजोर भएकाहरू धेरै पीडित भए। दैनिक ज्यालादारीमा जीवन धानेकाहरूलाई सबैभन्दा गाह्रो भयो। यो समयमा कोरोना संक्रमण भन्दा पनि भोक, मानसिक तनाव, आर्थिक तनाव र अन्य कारणले आत्महत्या गर्नेहरूको संख्या पनि धेरै भयो।

दैनिक सुनिने र पढिने समाचारले तनाव बढाइरह्यो। जब थोरैमा मात्र यो रोग देखिएको थियो तब निकै डरत्रासका कारण सबै सुरक्षित बसे। घरभित्र भए पनि सामाजिक संजाल र समाचारका कुराले मनमा त्रास बढाइरहेकै थियो। कोरोना महामारीका बेला प्रायले प्रबिधिमा धेरै समय बिताए। बन्दको समयमा धेरै समाचार बाहिर आए, क्वारेन्टाइनमा महिला बलात्कृत भएको खबर, कोरोना पुष्टि भए पछि समाजमा भएको अपहेलना र दूरदूरको व्यवहार, कोरोना लागेको भन्नेबितिकै कोही नजिक नआउनु, उपचार नपाउनु जस्ता खबर सुन्नु पर्दा धेरै नै मानसिक तनाव भयो।  

बन्दले हायलकायल भएपछि राज्यले जिल्लाजिल्लाका नाका बन्द गरेर बजार तथा व्यवसाय खोल्यो। सर्वसाधारण बाहिर निस्कने वातावरण बन्यो। तर मनमा डर हटेन।

सर्बसाधारण खुला भएर माक्स, सेनिटाइजर र दूरीको प्रवाह नगरी बाहिर निस्कँदा र भिडभाड गर्दा समुदायमा संक्रमण बढ्दै गयो। सरकारले पनि भीड नियन्त्रण गर्न सकेन जसको परिणाम अहिले फेरी निषेधाज्ञा जारी गर्नुपरेको छ।

बर्ष दिनमा आउने चाडवाडका समयमा पनि सुरक्षा नै सर्वोपरी भन्दै घरभित्रै बस्नु परेको छ। लकडाउनले गर्दा चाड्वाडमा खुलेर रमाइलो गर्न नपाउँदा मन खिन्न त भएकै छ तर सुरक्षित रहनु आवस्यक भएको हुँदा घरभित्रै बस्नु पर्ने बाध्यता छ।

अहिलेको बढ्दो संक्रमणलाई हेर्दा राज्यको सुरक्षा सतर्कता एकदम शून्य देखिन्छ।  

बन्दाबन्दीको समयमा मध्यम बर्गिय र आर्थिक कमजोर भएकाहरू धेरै पीडित भए। दैनिक ज्यालादारीमा जीवन धानेकाहरू एकदमै मारमा परेका छन्। अहिले त कोरोनाको संक्रमण भन्दा पनि भोक, मानसिक तनाव, आर्थिक तनाव र अन्य कारणले आत्महत्या गर्नेहरूको संख्या बढेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरमा लगभग ५१८ वेड क्षमताका क्वारेन्टाइन बनाइएको तथ्याङक छ। काठमाडौमा सरकारले बनाएको क्वारेन्टाइन बाहेक अन्य संस्थाले बनाएको देखिँदैन। अस्पतालमा पर्याप्त आइसोलेसन कक्ष छैनन्। हालसम्म साढे दुई हजार भन्दा बढी काठमाडौंमा मात्र संक्रमित छन्। यसै गरी संक्रमण बढ्दै जाने हो भने स्थिति भयावह हुनेछ ।

राज्यले यो स्थितिमा बन्द र निषेधाज्ञा मात्र गरेर पुग्दैन। काठमाडौमा स्थानीय भन्दा बाहिरी जिल्लाका मानिस रोजगार र ब्यवसायका निम्ति बसोबास गर्छन्। उनीहरू प्रायः भाडामा बस्छन्। यसरी भाडामा सिमित सुबिधामा बस्दा ओछ्यान, भान्छा, ट्वाइलेट सबै एउटै सामग्री प्रयोग गर्नु पर्ने बाध्यता हुन्छ। जसको कारण संक्रमण अझ बढ्ने देखिन्छ। यसरी बाहिर घर हुनेहरूलाई सुरक्षित पु¥याउने र बाहिरका सर्वसाधारणलाई फर्कने बेला नाकाहरूमा विशेष ध्यान दिनु जरुरी छ।

डब्लुएचओले समेत शहरमा जनघनत्व बढी भएकाले संक्रमणको जोखिम देखाएको छ। यसमा राज्यले बन्द र निषेधाज्ञा मात्र नगरी सर्वसाधारणलाई कसरी सरसफाइमा ध्यान पु¥याउने, कसरी दूरी अपनाउने जस्ता जनचेतनामूलक  कार्यक्रम चलाउनु पर्छ। र, क्वारेन्टाइन तथा आइसोलेसन क्षमता अझ तिब्र गतिमा बढाउनु पर्छ। अनि स्वास्थ्यकर्मीलाई उत्साहित बनाउने खालका कार्यक्रम ल्याउन जरुरी देखिन्छ।

अन्त्यमा, घरमै बसेर तीज पर्व मनाऔं। सबैलाई शुभकामना !  

तिजमा सुमन थापा ‘संगम’

प्रकाशित: ५ भाद्र २०७७ ०७:३४ शुक्रबार

कोभिड १९ ‘लकडाउन’ निषेधाज्ञा