ब्लग

झुक्न नजानेका हामीले भारतसँग आफ्नो भूमि फिर्ता लिन नजानौँला र ?

नेपालले आफ्नो एक इन्च जमिन कसैलाई छाड्न सक्दैन र अरुको एक इन्च जमिन पनि लिँदैन । हामी यो कुरामा गौरवान्वित छौँ कि नेपालले विश्वसामु कहिल्यै घँुडा टेक्नुपरेन । न त विश्वसामु नेपालले कहिल्यै शिर निहुराउनुप¥यो, हामी सदैव शिर ठाडो पारेर हिँड्ने वीर नेपाली हौँ ।

प्रा. लक्ष्मीराज खनाल

‘ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ यो प्राचीन वाक्यांशको अर्थ हुन्छ– जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला र प्यारा हुन्छन् ।

विगतका इतिहासका पाना पल्टाएर हेर्दा ब्रिटिस शासनको समयदेखि हालसम्म पनि छिमेकी मुलुक भारतले नेपालतर्पm हेर्ने दृष्टिकोण एकै प्रकारको छ, फरक छैन ।

नेपाल नरहे नेपाली रहँदैनन् । राष्ट्र नरहे जनता पनि नेपाली भएर बाँच्ने अवस्था रहँदैन । त्यसैले राष्ट्र र जनतालाई एक–अर्काका परिपूरकको रूपमा हेर्ने गरिएको छ ।

इतिहास साक्षी छ, जबजब नेपालमा दुःख–कष्ट र आपतको समय देखापर्छ, तबतब भारतले थप कष्ट–दुःख दिने कार्य गर्दै आएको छ ।

यसरी हेर्दा पञ्चायती शासनकालमा पनि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको देखिन्छ । त्यसपछि नेपालमा तत्कालीन राजतन्त्रात्मक शासन व्यवस्था सञ्चालन रहँदा राजा वीरेन्द्र र प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ सत्तासीन थिए भने भारतमा प्रधानमन्त्रीका रूपमा थिए राजीव गान्धी । त्यसै समय दुवै देशबीच सामान्य खटपट हँुदैमा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसपछि २०७२ सालमा हामीकहाँ महाभूकम्पले ठूलो आपत आइलाग्यो । महाभूकम्पले नेपाल र नेपालीलाई थिलथिलो पारेको समय छोपेर भारतीय सरकारले नेपालमाथि आर्थिक नाकाबन्दी लगायो, यस विषयमा राष्ट्रवादी नेपाली जनताले नेपाल सरकारलाई साथ दिए । दुःख खपेर पनि आफ्नो स्वाभिमानमा आँच आउन दिएनन् । भारतीय सरकारले नेपालमाथि अन्यायपूर्ण थिचोमिचो गरेकामा विश्वभर नै भारतको निन्दा भयो । अहिले विश्वभर नै कोभिड–१९ को संक्रमण छ । विश्वको कुनै पनि देश कोरोनाबाट मुक्त रहन सकेको छैन । नेपाल पनि यस महामारीविरुद्ध लडिरहेको छ । नेपालको ध्यान यही महामारीमा एकत्रित भएर लागेको समय पारेर भारतले महाकालीभित्रको लिपुलेक लिम्पियाधुरा, एवं कालापानी क्षेत्र हँुदै मानसरोवार जाने २२ किलोमिटर बाटो एकपक्षीय ढंगले निर्माण गरी समुद्घाटन समेत गरिसकेको व्यहोरा पत्रपत्रिकामा छापिएका छन् ।  

नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हो । त्यसैले नेपाल दुई पटकसम्म संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्यायी सदस्यमा मनोनीत समेत भइसकेको छ । नेपालले आफ्नो एक इन्च जमिन कसैलाई छाड्न सक्दैन र अरुको एक इन्च जमिन पनि लिँदैन । हामी यो कुरामा गौरवान्वित छौँ कि नेपालले विश्वसामु कहिल्यै घँुडा टेक्नुपरेन ।

अहिले छिमेकी राष्ट्र भारतले नेपाली सार्वभौम सत्ताको उल्लंघन गरी आफ्नो पुरानै अनुहार देखाएको छ । यसैले भारतको यस दुरासयपूर्ण कदमलाई हामीले सामान्य सम्झ्यौँ भने यस्तै प्रकारका दुरासयपूर्ण घटना नेपालभर सबै क्षेत्रमा देखापर्न सक्नेछन् ।  

अब हामीले आपस (दलहरू)मा मिलेर अगाडि बढ्नुपर्छ । किनभने नेपाल नै नरहे भने केको पार्टी ? केको संगठन ? केको राजनीति ? त्यसैले देशको भूभाग फिर्ता गर्न नेपालका सम्पूर्ण राजनीतिज्ञहरू, समाजसेवी, वृद्धिजीवी प्राज्ञिक समूह, उद्योगपति, व्यापारी, कृषक एवं सर्वसाधारण जनता र विभिन्न राजनीतिक संगठनहरूबीच एकता हुन आवश्यक छ । छिमेकी राष्ट्र भारतसँग कूटनीतिक माध्यमका आधारमै समस्या सुल्झाउन उपयुक्त हुने हुँदा यहाँ केही बुँदा प्रस्तुत गर्न चाहन्छु ।

१) नेपालले छिमेकी राष्ट्र भारतसँग कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न यथाशीघ्र वार्ताको आह्वान गरी पहल गर्नुपर्छ ।  

२) यस सम्बन्धमा छिमेकी राष्ट्र भारतसँग वार्तामा बस्नुअघि आफ्ना प्रमाण पनि संकलन गर्नुपर्ने हुन्छ । जस्तो ः नेपालको प्रमाणित सुगौली सन्धिपछिको नक्सा, लामो समयदेखि उपरोक्त नेपालको भूमिभित्र बसोबास गर्दै आएका नेपालीले नेपाल  सरकारलाई तिरो तिर्दै आएको रसिद मुचुल्का कागज, निजहरूको राय, परामर्श र भनाइहरू ।

३) विदेशी पाहुनाले उपरोक्त नेपाली भू–भागको भ्रमण गरेका छन् भने सोको प्रमाण खोज्नुपर्छ ।

४) त्यस जिल्लाको प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रभित्र भ्रमण गरी दैनिक काम गरेको प्रमाण तयार गर्नुपर्छ ।

५) भारतमा वार्ता गर्न जाँदा अंग्रेजी भाषा र हिन्दी भाषाका विशेष विद्वान्लाई समावेश गरिनु राम्रो हुन्छ । किनभने भारत शब्दजाल बिछ्याउन माहिर छ ।  

६) भारतसँग वार्तामा बस्नुअघि सबै राजनीतिक व्यक्तिहरू र केही विशेष विद्वान्को पनि राय लिएर मात्र वार्तामा बस्नु राम्रो हुन्छ ।

७) अब वार्तामा जाँदा नेपाल अधिराज्यको मेचीदेखि महाकालीसम्मको भारतले अतिक्रमण गरेको नेपाली भू–भाग प्राप्त गर्नेतर्पm प्रयत्न गर्नुपर्छ । अब वार्ताबाट समस्या टुंगेपछि पुनः वार्ता गर्ननपर्ने गरी वार्ता गर्नु राम्रो हुन्छ । सीमा निर्धारण भइसकेपछि सीमा सुरक्षाका लागि कम्तीमा दुई–दुई माइलमा सशस्त्र प्रहरी बल तैनाथ गरिनुपर्छ । नत्र भने भारतले पुरानो बानी नछाडी नेपालको भूमि पुनः अतिक्रमण गर्न सक्ने छ । साथै दशगजा क्षेत्रमा हराएका र टुटेफुटेका सीमा स्तम्भ यथावत दुरुस्त रूपमा खडा गरिनु अति आवश्यक देखिन्छ । समस्या समाधान नभएसम्म वार्तालाई निरन्तरता दिइरहनुपर्छ ।  

८) वार्तामा बस्दा निर्भयपूर्वक आफ्नो समस्या स्पष्ट रूपमा भारतीय वार्ता टोलीसँग राख्नुपर्छ । आफ्नो सत्य कुरामा आफू अडिग रहनुपर्छ ।  

९) यसरी वार्तामा बस्दा छिमेकी राष्ट्रले आलटाल गरी समय गुजार्न सक्छ । समस्या समाधान नगरी बीचैमा छाडी केही समय पर हटाउन सक्छ । तर, हामीले यो सम्पूर्ण समस्या समाधान नभएसम्म भारतलाई वार्ताबाट भाग्न दिन हँुदैन । किनभने भारतले झुटो कुरा बोल्न र झुक्याउन जानेको छ ।  

यसरी भारतसँग मित्रताका आधारमा टेबुलमा बसी वार्ता गर्न बस्दा समेत भारतले मानेन भने सार्क देशहरूको राय परामर्श लिएर, आवश्यक परे युरोपियन युनियनको समेत परामर्शका आधारमा समस्यालाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ । किनभने नेपालले आफ्नो भूमि गुमाएर छिमेकीलाई खुसी पार्न सत्तैmन ।  

 

प्रकाशित: ८ असार २०७७ ०७:५८ सोमबार