ब्लग

गणतन्त्रका दिन आमाको उपचारमा हिडेका ती खाली खुट्टा

आज १५ औँ गणतन्त्र दिवस ! दिवसको अवसरमा संघीय राजधानीको मुटु टुँडिखेलमा भव्य कार्यक्रम भइरहेको थियो। नेपाल टेलिकमले पनि आफ्ना सोमबार बिहानैदेखि मोबाइल कलहरूमा ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ बोलको गीत रिङ टोनका रूपमा बजाइरहेको थियो।

मोबाइलमा ‘गणतन्त्र प्राप्तिपछिका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्‍याउन हातेमालो गरौँ’ भन्दै शुभकामना पनि आइरहेकै थिए। टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सबै मन्त्रीहरु ठुला ओहदाका मान्यजनहरू सहभागी थिए भने झन्डै त्यत्तिकै बेला सोमबार बिहान ९ बजे तीर मधेसको एउटा परिवार पङ्क्तिकारको बुढानीलकण्ठ नगरपालिका हात्तिगौंडास्थित घर आएको थियो। 

करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घण्टीको स्विच थिचिरहेका थिए।

टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सबै मन्त्रीहरु ठुला ओहदाका मान्यजनहरू सहभागी थिए भने झन्डै त्यत्तिकै बेला सोमबार बिहान ९ बजे तीर मधेसको एउटा परिवार पङ्क्तिकारको बुढानीलकण्ठ नगरपालिका हात्तिगौंडास्थित घर आएको थियो। 

जब पङ्क्तिकारले ढोका खोले उनले भन्दै थिए, ‘चितवन, भरतपुर अस्पतालमा आमा हुनुहुन्छ। त्यहाँ उनको क्यान्सरको उपचार भइरहेको छ। पैसा छैन। सहयोग गर्नुहोस्।’ एउटा अबोध बालक आमाको क्यान्सर रोगको उपचारका लागि एका बिहानै राजधानीका घरघर चहार्दै हिँड्नु परेको छ। संयोगवश उनी गणतन्त्र दिवसकै दिन पङ्क्तिकारको घरमा आइपुगेका थिए।

अनि ती बालकले साथमा रहेको लेमिनेशन गरेको एउटा पत्र निकाले। सर्लाही जिल्लाको कविलासी नगरपालिकाले २०८० माघ १० गते लेखेको पत्र उनीसँग थियो। नगरपालिकाले ‘वार्ड नं ७ सिरसिया बस्ने विजय बरहीकी आमालाई ब्लड क्यान्सर लागेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको’ ब्यहोरा पत्रमा उल्लेख गरेको थियो। आर्थिक सहयोग गरिदिन त्यही पत्रमार्फत सिफारिस गरेको थियो। उक्त पत्रमा ती बालकका बुवाको ४ वर्ष अघि नै निधन भएको ब्यहोरा समेत उल्लेख गरिएको थियो।

एउटा अबोध बालक आमाको क्यान्सर रोगको उपचारका लागि एका बिहानै राजधानीका घरघर चहार्दै हिँड्नु परेको छ। संयोगवश उनी गणतन्त्र दिवसकै दिन पङ्क्तिकारको घरमा आइपुगेका थिए।

बिरामी आमाको तस्बिरसमेत रहेको र नगरपालिकाले सहीछाप लगाएको त्यो पत्र ती अबोध बालकले एउटा पुरानो रजिस्टर भित्र च्यापेर हिँडिरहेका थिए। उनीहरूले त्यही पत्र देखाएर घरघर पुगेर सहयोगको याचना गरिरहेका थिए। साथमा रहेकी ती बालिका भोक लाग्यो भन्दै आमाको काखमा रोइरहेकी थिइन। एकातिर मधेसको एउटा गरिब परिवारको त्यो बिचल्ली अर्कोतिर टुँडिखेलमा गणतन्त्र दिवसको भव्य कार्यक्रम।

हेर्नुस् त सर्लाहीको एउटा गरिब परिवार जसको प्रमुख सदस्य क्यान्सर लागेर भरतपुर अस्पतालमा छ उसका सन्तान काठमाडौँमा सहयोग याचना गर्न बाध्य छन्।

बिरामीकी छोरीले उपचारका लागि एक लाख रुपैयाँ सरकारले दिइसकेको भन्दै इमान्दारीता पूर्वक जानकारी दिइन्। तर त्यति रकमले के गर्ने ? क्यान्सरकी बिरामीका लागि त्यो एक लाख रुपैयाँले के नै अर्थ राख्थ्यो र?

यो त एउटा संयोगले आजैका दिन ठोक्किएको एउटा उदाहरण मात्र हो। देशमा यस्ता परिवार कति छन् कति। यस्ता घटना र उदाहरण हजारौँमा होइन लाखौँमा छन् जसले राज्य भएको महसुस नै गर्न पाएका छैनन्। यस्ता निमुखा र गरिब जनतालाई गणतान्त्रिक मुलुकले दिने सुविधा यस्तै हो त?

क्यान्सरको उपचार खर्च १ लाख रुपैयाँले मात्र सम्भव छ त? गणतान्त्रिक मुलुकमा गरिब भएकै कारण उपचार गर्न नपाउने भन्ने हुन्छ र? गणतन्त्र स्थापनाको १५ वर्ष भइसक्दा पनि हामी लोककल्याणकारी राज्यमा रूपान्तरण हुन किन सकिरहेका छैनौ?

हामीले बर्षौसम्म लोकतन्त्ररप्रजातन्त्र दिवस मनायौं ! त्यस भन्दा करिब ३० वर्षसम्म राजतन्त्र दिवस पनि मनायौँ ! र, अहिले गणतन्त्र दिवस मनाउँदै छौँ। तर पनि खास नेपालीले यी दिवसका सन्देश अहिलेसम्म व्यवहारमा महसुस गर्न पाएका छैनन्। उनीहरूका लागि यी दिवस कहिल्यै सान्दर्भिक भएनन्। हुन पनि दिइएन। सायद त्यसै भनिएको होइन, व्यवस्था परिवर्तन भएर मात्र हुँदैन, अवस्था परिवर्तन गर्नुपर्छ। हामीले हाम्रो अवस्था परिवर्तन गर्न सकेनौँ।

क्यान्सरको उपचार खर्च १ लाख रुपैयाँले मात्र सम्भव छ त? गणतान्त्रिक मुलुकमा गरिब भएकै कारण उपचार गर्न नपाउने भन्ने हुन्छ र? गणतन्त्र स्थापनाको १५ वर्ष भइसक्दा पनि हामी लोककल्याणकारी राज्यमा रूपान्तरण हुन किन सकिरहेका छैनौ?

पछिल्ला दिनहरूमा नेपालका प्रमुख राजनीतिक दल र तीनका शीर्ष नेताहरूले ‘गणतन्त्र’लाई खतरा छ भनिरहेका छन्। पूर्व राजसंस्था र पूर्व राजपरिवारहरूलाई थ्रेटका रूपमा देखेका छन्। 

प्रजातन्त्र/लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि राजनीतिक दलहरूले विगतमा जति सङ्घर्ष गरे त्यसलाई सार्थक र दिगो बनाउने सवालमा उनीहरू त्यत्तिकै चुकिरहेका छन्। त्यसैले यो व्यवस्थाको सबैभन्दा ठुलो शत्रु कोही छ र यसलाई सबैभन्दा बढी कतैबाट खतरा छ भने त्यो नेताहरूबाटै छ। प्रजातन्त्र स्थापना यता उमारिएका गलत अभ्यासहरूबाटै गणतन्त्रलाई खतरा छ। यो कुरा मान्न अझै पनि नेताहरू तयार देखिँदैनन्। सच्चिने लक्षण कहीँ कतै देखिँदैन।

त्यसले सर्वसाधारणले भन्न थालेका छन्, ‘यहाँ कुनै तन्त्रले जरा गाँडेको छ र दिगो भएको छ भने त्यो हो, ‘लुटतन्त्र’ र ‘मनपरीतन्त्र’। त्यसैले आम नेपालीमा दल र नेताप्रति वितृष्णा जाँगेको हो। व्यवस्था आफैमा खराब हुदैन्। यसलाई सही ट्र्याकमा हिँडाउन नसक्ने र नखोज्नेहरूले गणतन्त्रको हुर्मत लिएका छन्।

जनतामा राजनीतिक दल र नेताहरूप्रति वितृष्णा आउनुका कारणहरू नै ‘गणतन्त्र’ का सबैभन्दा ठुला शत्रु हुन। शत्रु मात्र होइनन् खतरा पनि त्यही हो। अब कुरा आउँछ जनता किन निराश छन्। उनीहरूमा असन्तुष्टिहरू किन बढिरहेको छ? भन्ने जस्ता सवालप्रति दल र नेताहरू जबसम्म गम्भीर हुदैनन तबसम्म गणतन्त्र खतरामा परिनै रहन्छ।

प्रजातन्त्र स्थापना यता उमारिएका गलत अभ्यासहरूबाटै गणतन्त्रलाई खतरा छ। यो कुरा मान्न अझै पनि नेताहरू तयार देखिँदैनन्। सच्चिने लक्षण कहीँ कतै देखिँदैन।

राजनीतिक अभ्यास र प्रयोगले उब्जाएका प्रश्नहरूको सम्बोधन दल र नेताहरूले जति सक्यो छिटो गर्छन् त्यति छिटो गणतन्त्र दिगो हुनेछ। सम्बोधन नगर्ने र नसच्चिने हो भने गणतन्त्र माथि खतरा कायममै रहनेछ। विकृति र विसङ्गति सच्चाउने सवालमा नेताहरूले अहिले पनि बेवास्ता गरिरहेका छन्।

जनताका मौलिक अधिकारको प्रत्याभूति छैन। लोककल्याणकारी राज्य स्थापना तर्फ दल र नेताहरू ध्यान पुगेको छैन। दण्डहीनताको पराकाष्ठा छ। कानुनी राज्य स्थापना नेताहरू त्यत्तिकै चुकिरहेका छन्। भ्रष्टाचार र अनियमितताले देश आक्रान्त छ।

राज्यका सबै निकाय र क्षेत्रमा जिम्मेवारी र जबाफदेहिताको अभाव त्यत्तिकै छ। प्रणालीगत सुविधा स्थापनामा दलहरू चुकिरहेका छन्। राज्यका सबै अङ्ग र क्षेत्रमा प्रतिस्पर्धात्मक प्रणालीभन्दा पनि परिवारवाद, चाकडी र चाप्लुसीवाद हाबी छ।

कुनै पनि प्रमुख दल र तीनका नेता यी विकृति र प्रवृत्ति सच्चाउन तयार छैनन्। भ्रष्टाचारको आरोप लागेपछि अनुसन्धान र छानबिनमा जानुपर्नेहरु ढाकछोप र धम्कीको राजनीतिमा उत्रिरहेका छन्। भ्रष्टाचारका संरक्षकका रूपमा आफूलाई स्थापित गर्दै छन्। यस्ता विकृति र विसङ्गतिले नै आम नागरिकमा दल र नेताप्रति वितृष्णा जगाइरहेको छ। त्यही वितृष्णा नै गणतन्त्र माथिको खतरा हो।

प्रकाशित: १५ जेष्ठ २०८० १५:२१ सोमबार

गणतन्त्रका दिन आमाको उपचारमा हिडेका ती खाली खुट्टा