ब्लग

ज्ञानेन्द्र-खुमबहादुर भेट गराए कालीबाबाले


पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथको वनकाली पुगेको थिएँ। म पुग्दा राष्ट्रिय झन्डा र हातमा फूलमाला बोकेको समूह पूर्वराजाको स्वागतका लागि तयार देखिन्थ्यो। सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। पर्खाइको ४५ मिनेटपछि हरियो रंगको प्राडो हुइँकिदै आयो। गाडीमा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल थिए।

नमस्ते गर्दै गाडीबाट ओर्लिएका ज्ञानेन्द्रलाई पूर्वमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काले स्वागत गरे। ज्ञानेन्द्र आउने थाहा पाएका खड्का मभन्दा पहिलैदेखि यज्ञस्थलमा कुरिरहेका थिए।

विस्तारै भएको त्यो कुराकानी के थियो मैले सुन्न सकिनँ। झन्डै १५ मिनेट समय बिताएपछि उनी फेरि उनले यज्ञको परिक्रमा गरे। परिक्रमा गरे लगत्तै उनी हरियो रंगको प्राडोमा सवार भएर बाहिरिए।

प्रकाशित: २४ फाल्गुन २०६६ ०५:५० सोमबार