कला

द राइजिङ स्टार बोर्डिङद्वारा बालसाहित्यकार उप्रेती सम्मानित

द राइजिङ स्टार बोर्डिङ स्कुल मण्डिखाटारले बालसाहित्यकार लक्ष्मी उप्रेतीलाई ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह सम्मान-२०७९ ले सम्मान गरेको छ। उप्रेतीलाई पुरस्कार राशि ४०४४४/-रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले सम्मान प्रदान गरिएको थियो।

स्कुलका प्रिन्सिपल कृष्णकुमार बोहराको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठान बालसाहित्य विभाग प्रमुख प्राध्यापक डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा न. ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे विशेष अतिथि, प्राडा शैलेन्दुप्रकाश नेपाल, भागीरथी श्रेष्ठ, नाटककार पुरु लम्साल, रामदेव पाण्डे, छायादत्त न्यौपाने, जलेश्वरी श्रेष्ठ, डा. मनिषराज पाण्डे, रज्जुश्री पराजुली, रामप्रसाद पन्त, कल्पना अधिकारी, स्नेह पोखरेल लगायतका साहित्यकार अतिथि को रूपमा रहेका थिए।

त्यस्तैगरी विशेष अतिथि पाण्डेले समग्र साहित्यको विकासमा यो सम्मान कार्यक्रमले बालसाहित्यकारहरूलाई थप हौसला प्रदान गरेको बताउँदै शुभकामना व्यक्त गरेकी थिइन्।

सो कार्यक्रममा स्रष्टा लक्ष्मी उप्रेतीका आशा र बाँदर, रमाको नमुना गाउँ, वसुश्री पाण्डेका सिसि क्यामरा र स्नेह पोखरेल गठेशको टाउको बालकथासंग्रह विमोचन भएको थियो भने सोही विद्यालयका विद्यार्थीहले स्रष्टा उप्रेतीका सहमति बालनाटक मञ्चन गरेका थिए।

त्यस्तै राइजिङ स्टारका विद्यार्थीहरूले बालसाहित्यकारहरूसँग अन्तक्रिया कार्यक्रम समेत राखेका थिए। उक्त अन्तक्रियामा विद्यार्थीहरूले अतिथिहरूलाई बालसाहित्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।

अतिथिहरू डा. शैलेन्दु नेपाल, रामदेव पाण्डे र छायादत्त न्यौपानेले बालसाहित्यको उपदेयिता, विमोचित बालकृतिका साथै पृथ्वीबहादुर सिंह र सम्मानित स्रष्टा लक्ष्मी उप्रेतीबारे बोलेका थिए।

सम्मानित स्रष्टा उप्रेतीले राष्टिय विभूति जयपृथ्वीको नामको पुरस्कारले आफूमा ऊर्जा थपेको छ बताउँदै विद्यालय परिवार र उपस्थित महानुभावप्रति आभार व्यक्त गरेकी थिइन्।

कार्यक्रममा  प्रमुख अतिथि नेपालले जयपृथ्वीबहादुर सिंहबारे प्रस्ट पार्दै समग्र बालसाहित्यकारहरूका लागि यो सम्मान कार्यक्रम सुनौलो अवसर भएको बताए। उनले विद्यालयस्तरबाट गरिएका यस्ता कार्यक्रमले  बालबालिकाहरूमा पठन संस्कृतिको विकास गर्न कोसे ढुंगा सावित हुने पनि बताए।

कार्यक्रममा सभाका सभापति विद्यायलय प्रमुख कृष्णकुमार बोहराले कार्यक्रमबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित: ३० कार्तिक २०७९ ०४:०३ बुधबार

अक्षर