कला

महाकविको सम्झना

जन्म मितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती देवकोटा संग्रहालयमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी’ सम्पन्न भयो।

नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजना र सखी प्रतिष्ठानको सहकार्यमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको अध्यक्षता तथा निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती, निमित्त कुलपति डा.जगमान गुरुङ, सखी प्रतिष्ठानका सल्लाहकार राधेश्याम लेकाली, अध्यक्ष मन्जिला अनिल, प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए।

सोही कार्यक्रममा डा. नारायण चालिसेले ‘महाकवि देवकोटाका कृतिहरूमा प्रतिबिम्बित पौरस्त्य दर्शन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

यस्तै सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले देवकोटाका गीतहरू गाएकी थिइन्।

प्रकाशित: २८ कार्तिक २०७९ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App