कला

भोलिदेखि नेपाली फिल्म ‘हिजो आजका कुरा’अमेरिकामा प्रदर्शन हुने

नेपाली फिल्म ‘हिजो आजका कुरा’ भोलि (आइतबार)देखि अमेरिकामा प्रदर्शन हुँदै छ। उक्त फिल्म कलाकार सन्तोष पन्तले निर्माण गरेका हुन्।

फिल्म ‘हिजो आजका कुरा’ भोलिदेखि अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुँदै छ।१८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा,२० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा फिल्म प्रदर्शन हुने छ।

अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको छ। अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रीमियर हुँदैछ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन्।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व।जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २६ कार्तिक २०७९ १४:२४ शनिबार

‘हिजो आजका कुरा’