नेपाली सांगीतिक लोकदोहोरी क्षेत्रका कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ। काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन्।
सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन्। बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो।
प्रकाशित: २४ कार्तिक २०७९ ११:४० बिहीबार