कला

प्रसाईंको ‘एक बागी’ विमोचन

लेखक उज्ज्वल प्रसाईंको ‘एक बागी: खगेन्द्र संग्रौलाको साधनार सङ्घर्ष’ पुस्तक एक समारोहका साथ विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।  

कार्यक्रमा बोल्दै पूर्वमन्त्री गगन थापाले यो एक बागी पुस्तक जीवनीपरक कृति भएकोर यसमा खगेन्द्र सङ्ग्रौलाको नेपाली समाजलाई हेर्ने दृष्टिकोणर सङ्घर्षबारे चर्चा गरिएको बताए। कार्यक्रमका मुख्य वक्ता डा. सविन निङ्लेखुले लेखक उज्ज्वलको लेखन शैली पाठकलाई प्रभावित पार्ने खालको भएको बताए। खगेन्द्रको जीवनी लेख्ने क्रममा लेखक प्रसाईंले आफ्नो जीवनमा विशेषराजनीतिक क्रान्तिको सिर्जना गरेको उनले बताए। अर्का वक्ता पूर्वराजदूत महेश मास्केले ३० को दशकमा नेपाली समाजमा भएका सबै सामाजिकरराजनीतिका कहिले किनारमार कहिले मूल धारमा पातलो कागज लिएर कुदिरहने जोदाहका बारेमा यस कृतिमा उल्लेख गरिएको बताए। कार्यक्रममा उषा श्रेष्ठर उज्ज्वल प्रसाईले पनि आफ्नो धारणा व्यक्त गरेको थिए।  

कार्यक्रममा कुमार नगरकोटी, विमल निभा, गोविन्द गिरी प्रेरणा, हरि अधिकारी, अभि सुवेदी, नारायण वाग्ले, भोगीराज चाम्लिङ, जया छाङ्छालगायत विशिष्ट साहित्यिक,राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रकाशित: १९ कार्तिक २०७९ ०२:३४ शनिबार

अक्षर