‘सफलताको कुनै विशेष सूत्र हुँदैन। नत्र सबै सफल हुन्थे।’ हामी सबै जीवनमा सफल हुन चाहन्छाैं। यसका लागि प्रयास पनि गर्छौं, तर धेरै कम मान्छेले नै सफलताको भर्याङ पार गरेर जीवनमा एउटा राम्रो स्थान प्राप्त गर्छन्। हामी पनि जुन काम गरिरहन्छौ, त्यसमा के हुन्छ, हामीलाई थाहा हुँदैन।
टेक्सासमा एउटा उखान छ ‘सबै स्वर्गवासी हुन चाहन्छन् तर मरण कोही चाहँदैन’। त्यस्तै हामी सबै सफलता प्राप्त गर्न चाहन्छौं तर त्यसका लागि चाहिने प्रयास र परिश्रम गर्दैनौं। निम्नलिखित आठवटा कुरालाई जसले ध्यानपूर्वक पालना गर्छ, त्यो निश्चित रूपमा सफल हुन्छ।
राम्रो वाणी – राम्रो वाणीका बारेमा भन्नुपर्दैन किनकि हामी सबैलाई थाहा छ। मात्र मन पर्ने कुरा राम्रो हुन्छ भन्ने यस भ्रममा पर्नुहुँदैन। हामी सबै ज्ञान र विवेकबाट चल्दैनौं। आफ्नो वाणीअनुसार काम गर्छांै। वाणी र अनुभव सधैं उपयोगी हुँदैन। समय र परिस्थितिअनुसार परिवर्तित पनि हुन्छ। यसकारण आफ्नो जीवनमा राम्रो वाणी बनाउनुहोस्, नराम्रो होइन। कुनै पनि राम्रो काम सुरु गर्ने बेला मान्छेहरू जोसमा हुन्छन् तर केही दिनपछि जोस चिसो भइहाल्छ। जुन काम सुरु गर्छ, पछि बन्द भइहाल्छ। हामी राम्रो काम प्रारम्भ गर्नुभन्दा पहिला धेरै मान्छेसँग सल्लाह लिन्छांै र सोधपुछ गर्छौं। तर नराम्रो काम चुपचाप गरिहाल्छौं। राम्रा कुरालाई वाणी बनाउनका लागि हामीलाई प्रयोग गर्नुपर्छ। मनोवैज्ञानिकहरू भन्छन् कि कुनै पनि राम्रो कुरालाई कम्तीमा २१ दिनसम्म उपयोग गर्नुपर्छ। त्यस पछि मात्र त्यो वाणीका रूपमा परिणत हुन्छ। हामीहरू राम्रो कुरालाई नोटबुकमा लिख्छौं र नराम्रो कुरालाई जीवनमा उतार्छांै, जबकि ठ्याक्कै उल्टो गर्नुपर्छ। भन्दाखेरि राम्रो कुरालाई जीवनमा उतार्ने र नराम्रो कुरालाई नोटबुकमा लेख्नुपर्छ।
निरन्तरता – सामान्य रूपमा हेर्दा ढुंगो बलियो लाग्छ र पानी कमजोर। तर आफ्नो निरन्तर प्रयासका कारण पानीले ठुलाठुला ढुंगालाई धुलो बनाइदिन्छ। जुन पनि काम प्रारम्भ गर्दा खेरि हामीलाई लगातार प्रयास गरिराख्नुपर्छ। हामीमध्ये धेरै मान्छे आफ्नो काममा निरन्तरता दिँदैनौं। यसकारण असफल भइहाल्छौं। सफलताको दोस्रो मूलमन्त्र हो– निरन्तर प्रयास।
धैर्यता – दार्शनिक जाँन रस्किन भन्छन्– ‘टाट पल्टेको मान्छे को हो ? जुनसित धैर्यता छैन।’ धैर्यता हाम्रो जीवनको पेट्रोल हो, ब्याट्री हो, शक्ति हो। जुन पनि काम होस्, शिक्षा होस्, व्यापार होस्, ध्यान साधना होस्, धैर्यहीन मान्छे सफल हुँदैन। भगवान् विष्णु पनि विष्णुपुराणमा भन्नुहुन्छ कि धैर्यको रथमा सवार मान्छे जीवनको सबै कठिनाइ र बाधा पार गर्छ।
विनम्रता – प्रकृतिको एउटा नियम छ। तपार्इं जे दिनुहुन्छ, फर्केर तपाईंसँगै आउँछ। जसरी घाटीमा तपार्इं कुकुरको आवाजमा कराउनुहुन्छ, अर्को तर्फबाट कुकुरकै आवाज आउँछ। त्यस्तै कोइलीको आवाज निकाल्नुभयो भने कोइलीको आवाज आउँछ। यो कुरा हामीले याद राख्नुपर्छ। मान्छे आफ्नो जीवनको यात्राको क्रममा विनम्रताको मन्त्रलाई बिर्सिहाल्छ। अहंकारी र अज्ञानी भइहाल्छ। एक ठाउँमा तपाईं विनम्रता राख्नुहुन्न भने अर्को ठाउँमा अर्काले तपाईंसित विनम्रता राख्दैन। एक ठाउँमा तपार्इं कसैलाई गाली गर्नुहुन्छ भने अर्को ठाउँमा तपार्इंलाई निश्चित रूपमा गाली खानुपर्छ। विनम्रता महानताको गुण हो, कमजोरी होइन। विनम्रता सफलताका लागि मात्र होइन, आत्मविकासका लागि पनि जरुरी छ।
आत्मविश्वास – सद्गुरु ओशो भन्नुहुन्छ– ‘समस्या सानो र ठूलो हुँदैन। तपार्इंको आत्मविश्वास सानो र ठूलो हुन्छ। किनकि तपार्इंको आत्मविश्वास ठूलो छ भने समस्या सानो देखिन्छ र आत्मविश्वास सानो छ भने समस्या ठूलो देखिन्छ।’ आफूमाथि भरोसा नै आत्मविश्वास हो। म यो गर्छु भन्नु आत्मविश्वास हो। कुनै पनि बाधा र रोकावटमा हार मान्दिनँ, अघि बढ्छु भन्नु आत्मविश्वास हो। आफ्नो काम गर्दा लाज नमान्नु, अर्काले के भन्ला भन्ने कुरामा ध्यान नदिनु आत्मविश्वास हो। अचम्मको कुरा के छ भने हामी सबैमा आत्मविश्वासको गुण छ तर हामीलाई थाहा छैन।
सकारात्मक सोच– एउटा दार्शनिकले भन्छन्, ‘विचारले नै दुनियाँमाथि शासन गर्छ।’ सुखद विचार पुरानो भए पनि याद आउने बित्तिकै आनन्द र प्रेरणा दिन थाल्छ। तर ठ्याक्यै उल्टो कुनै दुःखद विचार पुरानै भए पनि याद आउने बित्तिकै चित्तलाई दुःखी बनाइदिन्छ। आफ्नो रोजाइ हो– सकारात्मक वा नकारात्मक सोच। यहाँ एउटा कुरा याद राख्नुपर्छ कि किताब पढेर सकारात्मक सोचको विकास हुँदैन। हाम्रो मस्तिष्कमा स्राव हुने हर्मोनले गर्दा सकारात्मक सोचमा वृद्धि हुन्छ। यसका लागि आठ घण्टाको निद्रा लिनुपर्छ। बेलायतमा भएको एउटा अनुसन्धानका अनुसार गहिरो निद्रामा मस्तिष्कको सबै तन्तुले राम्रो काम गर्छन्। जसले गर्दा यसको राम्रो प्रभाव पर्छ।
शान्ति– जीवनमा निद्रा र खाना जस्तै शान्तिको आवश्यकता हुन्छ। शान्ति छैन भने जीवनको कुनै मूल्य छैन। अशान्तिले उत्साहमा कमी पैदा गर्छ। उत्साह खत्तम भएपछि काम गर्ने आँट हुँदैन। केही दिनपछि लाग्छ कि म केही पनि गर्न सक्दिनँ। अन्तमा निराशाले छोप्न थाल्छ। निराशा धेरै नै खतरनाक स्थिति हो। यसलाई नियन्त्रित गरेनौं भने नतिजा अत्यन्त नकारात्मक बन्छ।
आत्ममूल्याङ्कन– दुनियाँमा सबै कुराको मूल्याङ्कन हुन्छ। मान्छे मात्रको मूल्याङ्कन हुँदैन। अर्काले हाम्रो कमी कमजोरी निकाले भने पटकै मन पर्दैन। यसकारण हामीले आत्ममूल्याङ्कन गर्नुपर्छ। हाम्रो दृष्टिकोण बहिर्मुखी भएको छ। यसलाई अन्तर्मुखी बनाउनुपर्छ। अर्काको कमी कमजोरीमाथि पिएचडी गर्नुभन्दा आफ्नो कमी कमजोरीमाथि ग्रेजुएसन गरेको धेरै राम्रो हुन्छ। जुन मान्छे बेहोसीमा जीवन जिउँछ, त्यसले आत्ममूल्याङ्कन गर्न सक्दैन। आत्ममूल्याङ्कन गर्नका लागि प्रज्ञाको आँखा हुनुपर्छ। जीवनमा गल्ती हुनु ठूलो कुरा होइन। एउटै गल्ती पटक पटक हुनु नराम्रो कुरा हो ।
प्रकाशित: १२ कार्तिक २०७९ ०३:०२ शनिबार