कला

सुसेलीले मनायो देवकोटा जयन्ती

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती र सुसेली साहित्यिक प्रतिष्ठानको चौधौं वार्षिक उत्सवको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष आवेश मिश्रले सभाध्यक्षको आसन ग्रहण गरेका थिए भने दक्षिणकाली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रचण्डमान सिंह बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा संस्थाका सदस्य कृष्णकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने डा. शेखरकुमार श्रेष्ठले महाकविबारे प्रकाश पार्दै संस्थाको कार्य सम्पादनको बारेमा बताएका थिए।

त्यस्तै समुदायका लागि विद्यालयका अध्यक्ष श्यामबहादुर केसी र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा केदारनाथ आचार्य,तुषार अधिकारी, सरिता बलामी, रमेश बलामी, सुशान्त केसी, डा. शेखरकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, किरण नेपाली, अप्सरा भुर्तेल, प्रनिशा थापा, रामराजा केसी, आवेश मिश्र आदिले कविता वाचन गरेका थिए।

कार्यक्रमको संयोजक संस्थाका सचिव रामराजा केसीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य अप्सरा भुर्तेलले गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिले शुभकामना दिंदै आगामी दिनमा संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सभाध्यक्षले उपस्थित सबै व्यक्तिलाई धन्यवाद दिएपछि औपचाारिक कार्यक्रम सकिएको थियो।

प्रकाशित: ११ कार्तिक २०७९ ०९:३१ शुक्रबार

अक्षर