कला

बेलबारी प्रज्ञाप्रतिष्ठानको पहिलो सार्वजनिक कार्यक्रम

बेलबारी प्रज्ञाप्रतिष्ठानले तिहार, न्हु दया, छठ र उँधौलीको अवसरमा शुभकामना आदानप्रदान गर्दै पहिलो सार्वजनिक कार्यक्रमका सम्पन्न गरेको छ।

बेलबारी नगरपालिकाका प्रमुख तथा बेलबारी प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, संगीत तथा नाट्य क्षेत्रको संरक्षण र विकास गर्न सशक्त रूपमा अध्ययन-अनुसन्धान तथा खोजी कार्यमा लाग्नुपर्ने बताए।

कार्यक्रममा साहित्यकार संगीतकर्मी मधु गुरुङ, नेकपा (एमाले), बेलबारी नगर अध्यक्ष ईरान राई, नेपाली काँग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराई, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष राम किराती, जसपा, बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ तथा बेलबारी नगरका जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष योगेन्द्र सुवेदीले शुभकामना मन्तव्य दिएका थिए।

मन्तव्यको क्रममा अतिथिहरूले नगरभित्रका सबै भाषा, साहित्य, कला, संगीत तथा नाट्य विधाको विकास गर्न सबै एकजुट हुर्नपर्ने बताए।

वडाध्यक्षहरू: कृष्ण गुरुङ, डिल्ली ब. कटुवाल, विक्रम बान्तावा तथा नगरसभा सदस्यहरू रामकुमार घिमिरे र तारा सुन्दास लगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो।

कार्यक्रममा गजलकार जेबी थुलुङले गजल सुनाएका थिए  भने मौसम नेपाली, लक्ष्मी पौडेल र विवेश मोतेले गीत गाएका थिए।

बेलबारी प्रज्ञाप्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षता र सचिव कुलप्रसाद बरालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद-ज्ञापन गरेका थिए।

प्रकाशित: ६ कार्तिक २०७९ ०८:११ आइतबार

अक्षर