कला

अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेको थियो।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०७९ १२:२८ बिहीबार

अपूर्व क्षितिज सिंह