कला

फिल्म ‘के घर के डेरा’ को ओएसटी गीत सार्वजनिक 'काठमाडौंमा डेरा खोज्नै ग्राहो'

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को ओएसटी (ओरिजिनल साउण्ड ट्रयाक) सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरेको गीतले डेरामा बसोबास गर्नेहरूको कथालाई प्रस्तुत गरेको छ।  

तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ। मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, बाल कलाकार आयुशी ढकाल लगायतको अभिनय छ।  

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन्। सिंगे लामाको कथा रहेको फिल्ममा दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ।

प्रकाशित: ३१ आश्विन २०७९ १३:०५ सोमबार

दीपेन्द्र के खनाल नेपाली चलचित्र ‘के घर के डेरा’ ओएसटी