कला

विश्वास गर्नुपर्ने आफैंलाई सुम्पेपछि

सिजो कविता

श्रीराम श्रेष्ठ 

१) उकालो बाटो जाँदा हावा लाग्यो जोडसँग

अगाडि जान्छु भन्दा थिलथिलो आफ्नै मन

गन्तव्य रोकिएपछि आत्तिएको सडक।

२) हल्लियो कालो डोरी सडकमा तेर्सिएर

निडर बन्दाबन्दै आत्मा साक्षी थुपारेर

भएन आत्मविश्वास कमजोर भएछ।

३) विश्वास गर्नुपर्ने आफैंलाई सुम्पेपछि

स्वार्थी छे भन्ने कुरा पछि मात्र थाहा पाएँ

स्वर्गीय अनुभूतिमा पौडी खेल्दै विश्राम।

४) बाँसको कडा झ्याङ राति देख्दा खैलाबैला

नमीठो ध्वनिलाई मिलाउँदै उड्यो चरा

अँध्यारो ढल्कँदै जाँदा रात पनि चिच्यायो।

५) तुइन चढ्दाचढ्दै अलिकति आत्तिएछ

बीचैमा अडकिए छ आपतमा फसिहाले

बाध्यता सधैंका लागि सुल्झने पो कहिले?

६) हिमाल टल्केपछि चमकता आइहाल्छ

प्रफुल्ल मुहारमा थोरै खुसी जम्काभेट

तारिफ गर्दागर्दैमा नथाकेको आवाज।

प्रकाशित: २१ आश्विन २०७९ ०५:५७ शुक्रबार

अक्षर