कला

सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखुलाउनुः चलचित्र विकास बोर्ड

चलचित्र विकास बोर्डले सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ नखुलाउन अनुरोध गरेको छ।  

बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न अनुरोध गर्दै पत्र पठाएका छन्। 

क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्रचार गरेका हुन्।

प्रकाशित: १३ आश्विन २०७९ ११:५९ बिहीबार

चलचित्र विकास बोर्ड क्यूएफएक्स