कला

बुद्धि तामाङले गरे अनु थिङसँग बिहे

कलाकार बुद्धि तामाङ आजदेखि वैवाहिक जीवनमा बाँधिएका छन्। शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए। बुद्धि र अनुको मागी विवाह भएको हो।

प्रकाशित: ७ आश्विन २०७९ ०६:४८ शुक्रबार