कला

विवाह बन्धनमा बाँधिदै बुद्धि तामाङ

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।

‘हैट’ थेगोले चर्चा कमाएका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका हुन्।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्। उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन्।

प्रकाशित: ६ आश्विन २०७९ ०८:१२ बिहीबार

बुद्धि तामाङ