कला

भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो। 

गएको साउन २५ गते हृदयघात भएपछि  उनलाई अस्पताल भर्ना गरिएको थियो। लामो समयसम्म भेन्टिलेटरमा राखेर उनको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ। उनको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष थिए। सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उनी चर्चामा आएका थिए। उनले हिन्दी चलचित्रमा समेत अभिनय थिए। 

प्रकाशित: ५ आश्विन २०७९ ०६:०४ बुधबार

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव राजु श्रीवास्तवको निधन