कला

हिटलर के कसरी सकियो...

गजल

खोजक हरि

तिम्रो संविधानले केके दियो हिसाब राखेको छु,

यतिञ्जेल कतिको ज्यान लियो हिसाब राखेको छु।

तिम्रो–मेरो कित्ता नै फरक हुने गरेको छ सँधैसँधै,

कतिको गरेका छौ तिमीले चियो हिसाब राखेको छु।

सँगै गरेर यात्रा हुने गर्छ मेरै मात्र बद्नामी किन?

को कसको पक्षमा उभियो, हिसाब राखेको छु।

हो, सँगै गयौं, सँगै फर्कियौं हामी रमाईकन,

भट्टीमा कसले कति पियो हिसाब राखेको छु।

रमाऊ, रमाऊ तिमी, पालो तिम्रो नै छ,

हावामा ढुंगा कसरी अडियो, हिसाब राखेको छु।

थाहा छ विगत मलाई राम्रोसँग तिम्रो र उसको,

हिटलर के कसरी सकियो हिसाब राखेको छु!

प्रकाशित: ३ आश्विन २०७९ ०२:१० सोमबार

अक्षर