कला

रत्नलक्ष्मी श्रेष्ठका ‘चिन्ता र चासो’ र ‘स्वाभिमानको तस्वीर’ लोकार्पण

साहित्यिक पत्रकार संघ नेपालले आफ्नो स्वर्ण महोत्सव अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा रत्नलक्ष्मी श्रेष्ठका लेखसंग्रह ‘चिन्ता र चासो’ र कवितासंग्रह ‘स्वाभिमानको तस्वीर’को लोकार्पण गरेको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले कृतिका लोकार्पण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, लेखक रत्नलक्ष्मी श्रेष्ठ, वरिष्ठ इतिहासविद् एवं राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी,वरिष्ठ साहित्यकार प्रमोद प्रधान, अनेसासका पूर्व उपाध्यक्ष वरिष्ठ साहित्यकार प्राज्ञ बाबा बस्नेत, लोकार्पित कृतिका सम्पादक डा. मधुसूदन लामिछाने, पूर्व एआइजी परराष्ट्रविद् विज्ञ राजेश श्रेष्ठ, पर्सा मिलन केन्द्रका अध्यक्ष इन्जिनियर उमेश गुप्ता रौनियार लगायतले लोकार्पित कृति र कृतिबारे बोलेका थिए।

उक्त लोकार्पण कार्यक्रमको सञ्चालन साहित्यकार मन्जिला अनिलले गरेकी थिइन्। कार्यक्रममा साहित्यिक पत्रकार संघले कृतिकार श्रेष्ठलाई सम्मान पनि गरेको थियो।

कार्यक्रममा गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, पर्सा नगरपालिकाका पूर्व उपमेयर श्याम श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकारहरू- शिव अधिकारी, विजयध्वज थापा, डा. शान्ति गिरी, निर्मलरमण पराजुली, दिनदयाल रिजाल, किशोर श्रेष्ठ, राधा दुलाल कार्की, पुरु लम्साल, डीआर राई, बिना पोखरेल, उषा केसी आदिको उपस्थिति रहेको थियो।

प्रकाशित: २ आश्विन २०७९ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App