कला

आमा हुँ म खेपेकै हुँ खेप्छु अझै पनि

मुक्तक

१) मुक्तक

बदलको चक्रव्यूहमा चन्द्रमाको ज्योति फस्यो,

शीर झुकाई सगरमाथा लाज छोपी मौन बस्यो।

सातो उडाउने गरी आकाश गर्जिएको थियो,

पानी पर्ला भन्ने ठानेथें आँगनीमा तारा खस्यो।

 २) मुक्तक

खुश्चोभहरूको भीडमा लेनिन नाउँको खोजीमा छु,

घाम ओढेर इन्कलाब बाँचेको ठाउँको खोजीमा छु।

अब अघाइयो यो अस्थिर, ढाँट र कपटी शहरदेखि,

पहरामा जीवन गीत फुलेको गाउँको खोजीमा छु।

३) मुक्तक

किन आउँछ सधैं तिम्रो इमानमा दरार?

बैंससँगै जीवन चुड्दा न्याय किन फरार?

सम्हालिन नसकेर पोख्दै हिंडेपछि,

भुईको टिपी खाँदा पनि किन दोषी करार?

 ४) मुक्तक

किन अचेल माटो दुख्दा हाम्रो दिल छुन्न?

मलमूत्र बग्दा पनि हाम्रो मन रुन्न!

उता फुले मखमली, यता सुक्न थाले,

कतै हाम्रो फुलबारी विघटन त हुन्न?

  ५) मुक्तक

सकिएन रोदन गीत जति गाए पनि,

चुहिरहन्छ भित्री मन बाहिर छाए पनि।

आमा हुँ म खेपेकै हुँ खेप्छु अझै पनि,

सिकुवामा भोकै राखी एक्लै खाए पनि।

प्रकाशित: २९ भाद्र २०७९ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App