कला

खुसीमा मलाई रानी ठान्यौ, दुखमा आँखाको पानी ठान्यौ

मुक्तक

सम्झना भुजेल

 १) मुक्तक

खुसीमा मलाई रानी ठान्यौ,

दुखमा आँखाको पानी ठान्यौ।

के सम्झ्यौ कुन्नि आखिर तिमीले,

मलाई त उड्ने खरानी ठान्यौ।

 २) मुक्तक

खासमा केही छैन यस्तो बोलेर भन्नलाई,

खाली छन् बास्केट मनहरू खोलेर भन्नलाई।

उस्तै छु भन्न गारो छ बादल जस्तै भा’को छु,

सादा छन् सपनाहरू खै घोलेर भन्नलाई।

 ३) मुक्तक

जून जस्तै भयौ तिमी छुन सकिन,

शितको थोपा जस्तै शीतल हुन सकिन।

आफूभन्दा ठूलो पीडाको थिचोमिचो भएपछि,

मन खोलेर कसैसँग रुन सकिन।

४) मुक्तक

कसैको यादमा बाँच्नुको अर्थ,

हरेक सपनाहरू साँच्नुको अर्थ।

म पनि जीवित छु भन्नु मात्र हो,

मनका अंकुरहरू भाँच्नुको अर्थ।

प्रकाशित: २९ भाद्र २०७९ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App