कला

पिरतीका कुरा

कविता

छायादत्त न्यौपाने

खै कति हुन्छन्

किन हुन्छन् /भइरहन्छन्

नारीपुरुषका कुरा

दुवै विना दुवै रहन्छन्

सृष्टि सौन्दर्यमै अधुरा

नारीपुरुषविना दुवै विचरा

कसका के कुरा आफैं अपुरा

दुवै गर्छन् भानभा दुवैका कुरा

सधैं उस्तै आपसी ठोकुवा कुरा

कहिले सुरताल मुरलीका कुरा

कहिले डाडु पनि यो कुराभित्रै छुरा

यस्तै उस्तै चल्छन् चलिरहन्छन्

घरभित्र भित्रै नारीपुरुषका कुरा

उही दालभात तरकारी अचारका कुरा

कहिले अलिनो कहिले चर्काे नुनको कुरा

जति हुन्छन् सेरोफेरो नारीपुरुषका कुरा

आखिर कुराकुराले तान्छ तानिरहन्छ

कुरा कुरैले भन्छ- नारीपुरुष नभई नहुने

भए कुरा जोताजोत हुने अचम्मको कुरा

नारी शक्ति पुरषभक्ति दुवै-दुवैका कुरा

कतै भए हुनन् देश बनाउने ठुलै कुरा

अनुशासन मानवीय संस्कारका कुरा

जहाँ ठोके नि नारीपुरुष उस्तै हुने कुरा

कर्मयोगी सान उठोस् नारीपुरुषका कुरा

सानातिना कथा-व्यथा मसिना यी कुरा

द्वेष जति पन्छाएर गरौ अब सिर्जनाका कुरा

अन्तिम सत्य दुवै विना दुवै हुन्छौं अधुरा

बसौं छेउमै गरौ मिठा सिर्जनाका कुरा

छाडेर अब तिखा-तिता घोच्ने कुरा

सँगै उठाऔं हातगोडा खनौं खोस्रौं

रोपौ बिरुवा फुल्छ फूल चल्छ बासन

गरौं न ल, सहिष्णु सदाचारका कुरा!

प्रकाशित: २९ भाद्र २०७९ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App