कला

कवि डन कार्कीको ‘परदेशी मन’को परिचर्चा

साहित्यिक पत्रकार संघको आयोजनामा थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा कवि डन कार्कीको कविताकृति ‘परदेशी मन’ को परिचर्चा कार्यक्रमको आयोजना सम्पन्न भएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन सिटौलाले नेपाली कवितामा डायस्पोराको योगदानको चर्चा गर्दै कवि डन कार्कीको काव्य यात्राको चर्चा गरेका थिए।

यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघको स्वर्ण महोत्सवबारे प्रकाश पार्दै ‘परदेशी मन’ र कवि डन कार्कीबारे मन्तव्य राखेका थिए।

यस्तै डा. शान्ति गिरीले ‘परदेशी मन’ कविताकृतिको समीक्षात्मक मन्तव्य राखेका थिए। वरिष्ठ समालोचक एवं सस्कृतिविद् डा. रामदयाल राकेश, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, गुञ्जनकी निवर्तमान अध्यक्ष हिरणकुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य डा. दामोदर पुडासैनीले पनि मन्तव्य राखेका थिए।

परिचर्चा गरिएको कृति ‘परदेशी मन’ बाट कविद्वय कल्पना खरेल र रेखा यादवले एकएकओटा कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन कवि श्रीबाबु कार्कीले गरेका थिए। कार्यक्रममा अमेरिकाबाट आएकी साहित्यकार विना पौडेललाई अध्यक्ष लेकालीले स्वागत सम्मान पनि गरेका थिए।  

प्रकाशित: २९ भाद्र २०७९ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App