कला

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी र नेपाली दुवैमा प्रदर्शन हुने

निर्माता सन्तोष सेनकाे  ‘प्रेमगीत ३’  हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ। नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो।

उनले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत लेखेका छन ‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं।’

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो। तर अहिले भने हिन्दीमा पनि रिलिज हुने भएको छ। 

प्रकाशित: २७ भाद्र २०७९ ०७:३९ सोमबार

‘प्रेमगीत ३ अभिनेता प्रदिप खड्का सन्ताेष सेन