कला

बच्चाको बानी

बालकथा

सविना शर्मा पोखरेल

अनुप पाँच वर्षको भयो। उसको घर दमकमा छ। एक कक्षा एकमा पढ्छ। उसको पढाइ निकै राम्रो छ। ऊ चलाख र ज्ञानी छ। देखेको कुरा भन्नु पर्दा जस्ताको तस्तै भन्छ।

घरमा अनुप आफूभन्दा दुई वर्ष जेठी दिदी आशासँगै खेल्छ। खाना पनि दिदीभाइ सँगसँगै खान्छन्। उनीहरू खाँदा, खेल्दा सधैं मिल्छन्। अनुप र आशा कहिलेकाहीं आमाबाबासँग बजार जाने र रमाइलो गर्ने पनि गर्छन्।

छिमेकीमा उनीहरू जत्रै राजु नामको साथी थियो। कहिलेकहीं ती दिदीभाइ नै राजुसँग पनि खेल्थे। राजु पनि उनीहरूसँग मिल्थ्यो। झगडा नगरी कहिले राजुको घर, कहिले अनुप र आशाको घरमा खेल्थे।

एक दिनको कुरा हो, आमाले आशा र अनुपलाई बजार लाने भइन्। गर्मी भएकाले उनीहरूलाई हिंड्न अल्छी लाग्यो। अनि रिक्सामा जाने भएर  रिक्सा  भाडा सोधे। रिक्सावालाले धेरै भाडा भन्यो। भाडा सुनेर उनीहरू अचम्म माने।

आमालाई झनक्क रिस उठ्यो अनि आमाले  रिसले रिक्सावालतिर फर्किए र ‘चोरेर ल्याएको पैसा हो र जथाभावी भाडा भन्छ’ भन्नुभयो।

भाडा पनि ठिक्क पो भन्नु नि भन्दै चड्न आटेको रिक्सा छाड्नुभयो।त्यसैबेला अनुपले ध्यान दिएर आमाको कुरा सुनिरहेको भन्यो।

त्यही त कहिलेकाहीं बाबाको गोजीबाट मात्र चोर्ने गरेको त छ नि। थोडी अरूको चोर्ने गरेको छ र? हगि आमाभन्दा आमालाई लाजले भुतुक्क भइन्।

अनुपले बुबा नभएको बेला आमाले कहिलेकाहीं गोजीबाट झिक्ने गरेको देखेको रैछ। त्यसबेला उनलाई लाग्यो बच्चाले जस्तो देखे त्यस्तै भन्ने रैछन्। हामीले नसोचेको हाम्रो कुरा सिकेर बिग्रिन पनि सक्छन्।

यसरी नै पछि यिनीहरूको बानी लाग्यो भने भनेर आमा झसंग भइन्। त्यसैले अब त्यसो नगर्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने आमाले मनमनै अठोट गरिन्। अनि आमा छोराछोरी हिंड्दै नजिकको बजार गए।

प्रकाशित: २२ भाद्र २०७९ ०६:५१ बुधबार

अक्षर