कला

पीडा भुलेर मुस्कान साट्दै

गजल

कल्पना अधिकारी

पीडा भुलेर मुस्कान साट्दै जिउनलाई पिएँ,

तिम्रा मिठा वाचा-कसम सम्झिदै कतिकति पिएँ।

सुनसान सडकमा एक्लै कहिले पिएर कति लडें,

खुशी साट्दै जमघटमा कहिले मदहोशीमा रहें।

जमघट होस् वा एकान्त ठाउँ याद तिमी मात्र,

जलिरहेको मुटुभित्र तिम्रै सुन्दर चित्र।

त्यै चित्र सम्झी जलन सहन मुटु जलाउँदै पिएँ,

तिम्रा मिठा वाचा-कसम सम्झिदै कतिकति पिएँ।

आफन्त बिच पिएर कहिले बदनामी कति कमाएँ,

बिरानो ठाउँमा पिउँदै कतै आफैंमा हराएँ।

चिनजान होस् या बिरानो ठाउँ सम्झेरै तिमीलाई रमाएँ,

तिमीलाई पाउने चाहनामा आफैंलाई गुमाएँ।

त्यै चाहभित्र निसास्सिएर चाहना भुल्न पिएँ,

तिम्रा मिठा वाचा-कसम सम्झिदै कतिकति पिएँ।

प्रकाशित: २२ भाद्र २०७९ ०२:०६ बुधबार

अक्षर