कला

सबैले न्याय पाइरहून्

कविता

गंगा ढकाल खनाल

देशमा शान्ति हओस् सबै जनमहा,

मनमा हर्ष रहिरहोस्।

दैवी प्रकोप पनि नहोस् कहिल्यै,

आर्थिक वृद्धि भइरहोस्।

खोक्रो देश नहोस् अब कहिल्यै,

रिनमा नडुबोस् अनि

भको अर्थ पनि चुहावट नहोस्

भाँडो नरित्योस् पनि।

सत्ता प्रशासन तहमहाँ,

शासन सुशासन होऊन्।

अन्यायमा परी पीडित नबनून्,

सबैले न्याय पाइरहून्।

प्रकाशित: १६ भाद्र २०७९ ०७:५८ बिहीबार

अक्षर