कला

टुबोर्ग ओपन २०२२ इमर्जिङ कलाकार भेकले पाए मौका

नेपालको सबैभन्दा लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतबीच कयौं वर्षदेखि गहिरो सम्बन्ध रहँदै आएको छ। यसनिम्ति टुबोर्गले विगत पाँच वर्षदेखि टुबोर्ग ओपेन क्याम्पेनद्वारा कैयन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई संलग्न गराइरहेको सर्वविदितै छ। टुबोर्गले नेपालमा मात्र होइन; भारत, चीन, टर्की, सेर्बियालगायतका देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारलाई एकै ठाउँमा जोडेर संगीत सृजन तथा विस्तार पनि गर्दै आएको छ। यो अभियान टुबोर्ग उत्पादन फैलिएका देशहरूमा छैटौंपटक सञ्चालन हुँदै छ भने नेपालमा यो पाँचौंपटक हो।

हरेक वर्ष टुबोर्ग ओपेनको एउटा मुख्य थिम हुन्छ। यो वर्षको थिम ‘टेक द स्टेज’ रहेको छ; जसमा विश्वप्रख्यात कलाकारबाट उदीयमान स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी संगीतको मूल भावमा समेट्नुका साथै लोकप्रिय कलाकार कसरी बन्ने भन्ने मार्गदर्शन पनि प्रदान गरिन्छ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ। उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक। जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन्। उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् भने उनको गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर १ मा पुग्न सफल भएको थियो। उनका थुप्रै गीत हिट छन्; जसमध्ये केही हिट गीत ‘जलेबी बेबी’, ‘स्वाला’, ‘सभेज लभ’ रहेका छन्।

भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन्। उनले पनि छोटो समयमा लोभलाग्दो लोकप्रियताका साथै क्रेज कमाएका छन्। उनका चर्चित गीतमध्ये ‘एक्लै जिउन सिके’, ‘मायालु’, ‘लै बरी लै’ जस्ता गीतले लाखौं भ्युज पार गरेका छन्। गत महिना जेसन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को इमर्जिङ कलाकार भेक मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसकेका छन्। भेक यो वर्षका लागि आफ्नो मेन्टरसिपद्वारा सिकेको ज्ञान प्रयोग गरी एउटा नयाँ गीत बनाउन लागिरहेका छन्; जुन केही महिनामा बजारमा सर्वत्र उपलब्ध हुने छ।

गोर्खा ब्रिउरीका मार्केटिङ डाइरेक्टर आशिष बिष्ट भन्छन्, ‘नेपाली सांगीतिक क्षेत्रमा टुबोर्ग र संगीतको नाता एकदम गहिरो छ। कैयौं वर्षदेखिको यो सम्बन्ध अटुट रूपमा कायम रहने छ। चाहे त्यो संगीतको विधा रक होस्; क्लासिक होस्; दोहोरी होस् अथवा ईडिम नै होस्; टुबोर्गले संगीतलाई सदैव हार्दिक समर्थन गर्दै आएको छ। टुबोर्गले यसपालि पनि संगीतद्वारा यो सम्बन्धलाई थप गहिरो बनाउन र देश तथा विदेशमा रहेका कलाकारलाई जोड्न सफलता प्राप्त गरेको छ।’

प्रकाशित: ८ भाद्र २०७९ ०३:०७ बुधबार

टुबोर्ग ओपन २०२२