कला

रचनाले पूरा गरिन् बाबाआमाको सपना

गायिका रचना रिमालले सानैदेखि बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको बताएकी छिन्। झापाको चन्द्रगढीमा उनले गायनबाट गरेको कमाइले चार कोठे पक्की घर बनाएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत चन्द्रगढी झापामा पुरानै घर भएको ठाउँमा नयाँ घर निर्माण कार्य सकिएको जानकारी दिइन्।

उनले तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, 'सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।'  उनले सदैव गायन क्षेत्रमा रहि सत्कर्म गर्ने बताएकी छिन्।  

प्रकाशित: ४ भाद्र २०७९ १०:५० शनिबार

रचना रिमाल गायिका रचना रिमाल