कला

भ्वाइस कपमा प्रवीण र डान्स कपमा रेणुका

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित ‘मेरो भ्वाइस कप सिजन-२’ का विजेता प्रवीण बर्देवा र ‘मेरो डान्स कप सिजन-४’ का विजेता रेणुका राई घोषित भएका छन्। अमेरिकाको ओहायोस्थित सभाहलमा अगस्ट १३ शनिबार आयोजित अन्तिम प्रतिस्पर्धाबाट बर्देवा र राईले उपाधि रक्षा गरेका हुन्। विजेताहरूले टोयोटा र्‍याभ फोर गाडी र १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

कपका विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले तथा डान्स कपकी विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पुरस्कार हस्तान्तरण गरेका थिए।

अप्रिल महिनाको सात तारिकबाट सुरु भएको अडिसनमा दुवै रियालिटी सोहरूमा एसएमएस भोटिङका माध्यमबाट विजेताहरूको छनौट भएको संस्थाका कार्यकारिणी संयोजक रुद्र बानियाँले जानकारी दिए।

कोलम्बस कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, गायकहरू नरेन्द्र प्यासी, केशव पौडेल, किरण गजमेर, शिव परियार, मनोजराज शिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाललगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने कलाकारहरू सारङ्गा श्रेष्ठ, दिलीप रायमाझी, केकी अधिकारीलगायतले नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित: ४ भाद्र २०७९ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App