कला

प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा-प्रतिष्ठानको ३७ औ प्राज्ञ सभा तथा युवाकवि मोतीराम भट्टको १५७ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरूको प्रदर्शनी प्रतिष्ठान परिसरमा सुरु भएको छ।

प्रदर्शनीमा कालिदासको र घुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको राघवालङ्कारदेखि २०७९ सालसम्म आउँदा प्रा. जगत्प्रसाद उपाध्याय, प्रा. दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग १ देखि भाग ८ सम्म, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण र सातै प्रदेशका महत्त्वपूर्ण विषयवस्तु समेट्ने तस्बिरहरू समेत समावेश गरिएका छन्।

पुस्तक प्रदर्शनीको शुभारम्भ गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पुस्तक प्रदर्शनीबाट नै हरेक नेपालीको हातमा पुस्तक पुग्ने विश्वास प्रकट गरे।

आफ्नो धारणा राख्दै कुलपति उप्रेतीले प्रतिष्ठानले पठन संस्कृतिको विकास, बिक्री प्रवर्द्धन एवम् लेखक र पाठकका बीचको जम्काभेटको उपयुक्त थलो पुस्तक प्रदर्शनीस्थल हो भन्ने विचार प्रस्तुत गरे। प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले विशेष छुटसहित प्रदर्शनीमा राखिएका पुस्तकको मूल्य सस्तोमा ३ रूपैयाँदेखि महँगोमा दुई हजार ७० रूपैयाँसम्म रहेको जानकारी दिए।  

प्रकाशित: ४ भाद्र २०७९ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App