कला

‘चोभार ब्लजु’को अन्तरक्रिया सम्पन्न

साहित्यकार विक्रमभक्त जोशीको निकथासंग्रह ‘चोभार ब्लुज’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा सो कार्यक्रम सम्पन्न भएको हो।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार/पत्रकार विके पाल्पालीलाई श्रद्धाञ्जली दिंदै शुरू भएको सो कार्यक्रममा समालोचक महेश पौडेलले स्वागत गरेका थिए।

उक्त कार्यक्रममा विशिष्ठ अतिथि साहित्यकार समालोचक प्राडा सावित्री मल्ल कक्षपति र साहित्यकार/ समालोचक तथा प्रकाश सायमीले ‘चोभार ब्लुज’को चर्चा गरेका थिए।

प्रकाशकको तर्फबाट साहित्यपोष्टका सम्पादक तथा साहित्यकार अश्विनी कोइराला, लेखक-पाठकको तर्फबाट इञ्जिनियर विजयबहादुर कर्माचार्य, कलाकार तेजबहादुर विक र साहित्यकार समालोचक हरि अधिकारीले बोलेका थिए।

कार्यक्रम पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: २८ श्रावण २०७९ ०३:३६ शनिबार

अक्षर