कला

समाज परिवर्तन हुने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन्र।

शुक्रबार २२औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्र। मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए। 

उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए। उनले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताएका हुन्र। उनले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताए।

प्रकाशित: २० श्रावण २०७९ १२:४६ शुक्रबार

‘कीर्तिमान काल्पनिक चलचित्रजस्तो’ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ सांस्कृतिक कार्यक्रम