अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष पदका लागि १० जनाको सूचीबाट केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।
दयाराम दाहालको कार्यकाल सकिएलगत्तै उम्मेदवारका मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियार थिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो।
गत वैशाख २० गते अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका थिए।
प्रकाशित: ९ श्रावण २०७९ १६:१६ सोमबार