योगप्रसाद उपाध्याय चापागाईं
चुइँचुइँ या कुटुकुटुको आवाज कतै केही सुनिंदैन थियो। पुराना किताब, लुगा कतै काटेको थिएन। गाँजर, आलु पनि सधैं सग्लासग्लै हुन्थे। टाउको रन्किने पिसाब र लिँडको खरो पल्टिने गन्ध अहँ कहिल्यै थिएन। झुसे प्राणीको जीउबाट निस्किएर ढङ्ग गन्हाउने गन्ध पनि थिएन।
बच्चाहरू पनि कति सिपालु। कहिल्यै रुवाबासी नगरेका।
कोठाबाट फुत्त हामफाल्दै निस्किएको देखेर म झसंग भएँ। लौ हुनसम्मै भएछ। सबै सखापै पायो होला भनेर भित्र सबै राखनधरन हेरें। सबै कुरा यथावत रहेछ।
–देख्नुभयो हजुर! तपाईंहरूभन्दा हामी कति धेरै शोभानी छौं। तपाईंको राखनधरन केही पनि नछोई मैले मेरा बच्चा हुर्काएँ। मैले मेरो मुसालाई चाहिँ यहाँ आउन दिंँदै दिइनँ। किनकि ऊ चकचके छ। हिहिहि...!
मलाई त्यो मुसीको कुरा सुनेर आफंैलाई कुरीकुरी लाग्यो। अघिपछिका कुरा सम्झिएँ। त्यसै दिनदेखि छिमेकीका घरबाट ‘सुरी बिराली’ भनेर बोलाउँदै मुसी बिराली राखेको छु।
प्रकाशित: ६ श्रावण २०७९ ०७:१४ शुक्रबार