कला

भ्रष्टाचारको मूल जरो

लघुकथा

अल्पविराम

हेल्लो हाकिम साप! तपाईको विरुद्ध यहाँ घुस लिएको आरोप–पत्र दर्ता भएको छ। कुरा के हो?

साँझको पिउने छ बजेको रमझममा रमाइरहेको हाकिम भ्रष्टाचार छानविन आयोगबाट आएको फोनले नराम्ररी झस्कियो र भन्यो,‘त्यसो नभन्नुस् सर! आजभोलि लोकतन्त्र आएको छ। मान्छेले हुँदो -नहुँदो आरोप लाउँछन् नै।’

यो हुँदो–नहुँदो आरोप होइन बुझ्नुभो! बकाइदा मोवाइल रेकर्ड छ। कति लिनुभो नजराना, लौ नढाँटी भन्नुस्।

-अब हजुरलाई के ढाँट्नू र! हजुरलाई कहाँ भेटूँ? आधाआधा गरौंला नि। हुन्न र हजुर!

- आधाले हुँदैन। चार भाग लगाऔं। तीन भाग हामीलाई,एक भाग तपाईलाई।

आयुक्तको प्रस्तावले रन्थनिदै गिलासमा भएको ब्लेक लेभल ह्विस्की एक सासमै रित्याएर हाकिमले भन्यो, ‘ठाडै अन्याय भएन र हजुर?’

आयुक्तले भन्यो, ‘तपाईलाई अन्याय भएको जस्तो लाग्छ भने फलामको आकर्षक कल्ली र बाला पहिरन तयार भएर बस्नुस्।

हाकिमले जवाफमा भन्यो, ‘ठिकै छ, अब तपाईले पनि मन्त्रीज्यूबाट एक्सनको प्रतीक्षा गरेर बस्नुस्।’

प्रकाशित: ५ श्रावण २०७९ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App