बलिउड अभिनेत्री सुस्मिता सेनले व्यापारी ललित मोदीसँगको सम्बन्धलाई लिएर आफूलाई ‘गोल्ड डिगर’ भनेर बोलाउनेहरुलाई कडा जवाफ दिएकी छन्। सुस्मिताले आफूलाई पैसाको लोभी अर्थात् ‘गोल्ड डिगर’ व्यक्ति भनिएकोमा दुःख व्यक्त गर्दै शुभचिन्तकलाई धन्यवाद दिएकी छन्।
भारतीय व्यापारी ललित मोदी र पूर्व मिस युनिभर्स सुस्मिता सेन सम्बन्धमा रहेको कुरा बाहिर आएपछि धेरै प्रतिक्रिया आएका थिए। केहीले ललित मोदीको लामो प्रतिक्षापछि उनको मेहनत सफल भएको भन्दै खिल्ली उडाउँदै आएका थिए भने कतिपयले सुस्मिता सेनलाई ‘गोल्ड डिगर’ व्यक्ति भन्दै निशाना बनाएका थिए।
सुस्मिता सेनले इन्स्टाग्राममा आफ्नो तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘हाम्रो वरपरको संसार दयनीय र दुखी बन्दै गएको देख्दा दुःख लागेको छ। तथाकथित बुद्धिजीवीहरू बानीले त्यस्तै बनाएको छ। तिनीहरूको बकवास कहिलेकाहीं बेवास्ता गर्छु जो मेरो कहिल्यै साथी भएका छैनन् र जसलाई मैले कहिल्यै भेटेको छैन। सबैले मेरो जीवन र चरित्रको बारेमा महान विचार र अन्तरदृष्टि साझा गर्दै छन्। तिनीहरू आफैं ‘गोल्ड डिगर’बाट लाभान्वित छन्। मेरा सबै शुभचिन्तकहरू र नजिकका मानिसहरूको समर्थन पाउँदा धेरै राम्रो लाग्यो। म तपाईलाई भन्न चाहन्छु कि तपाईंको कथा पूर्णतया राम्रो छ किनकि म कहिल्यै अरूको अनुमोदन र प्रशंसाको प्रकाशमा बाँचेकी छैन। म आफैं सूर्य हुँ। पूर्ण रूपमा आफ्नो र आफ्नो विवेकमा केन्द्रित छु।'
ललित मोदीसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालदेखि मिडियासम्म सुस्मिता सेनको आलोचना भएको थियो। ललित मोदी धनी भएका कारण सुस्मिता सेनले आफूभन्दा जेठो व्यक्तिसँग सम्बन्ध बनाएको बताइएको छ। अभिनेत्री राखी सावन्तको यस्तै बयान भाइरल भएको छ।
जब पत्रकारले राखी सावन्तलाई ललित मोदी आईपीएलको कमिश्नर भएको र उनीमाथि पैसा लिएर भागेको आरोप लागेको बताइन्, राखी सावन्तले भनिन्, ‘पैसा लिएर भाग्नुभयो भने ठूला–ठूला हिरोइनहरू पाउनुहुनेछ। पैसा छैन भने कसले सोध्ने? आजकल अनुहार कसले देख्छ?
प्रकाशित: २ श्रावण २०७९ ०८:०५ सोमबार