कला

‘मेघदूतमा के छ?’ सार्वजनिक तथा ‘पाठकीय संदृष्टि’माथि परिचर्चा

साहित्यकार विश्वराज अधिकारीको ‘मेघदूतमा के छ?’ कृतिको सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुली लगायतले उक्त कृति सार्वजनिक गरे।

अधिकारीले यस कृतिमा संस्कृत भाषाका महाकवि कालीदासको काव्यकृति मेघदूतको व्याख्यासहित नारी–पुरुष प्रेमका प्रसंगहरू प्रस्तुत गरेका छन्।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलको समालोचनाहरूको संग्रह ‘पाठकीय संदृष्टि’माथि परिचर्चा गरियो। कार्यक्रममा डा. फणिन्द्रराज निरौलाले ‘पाठकीय संदृष्टि’ समालोचनासंग्रह भए पनि कृति आत्मपरक निबन्धजस्तो लाग्ने उल्लेख गरे। समालोचना गर्दा समालोचक तटस्थ नबसेकोमा उनको गुनासो थियो।

डा.दीनबन्धु शर्माले समालोचकीय कृतिलाई उत्तरआधुनिकतामा राख्नुपर्ने भन्दै समालोचनामा विधा भञ्जन भएको बताए। उनले समालोचनामा मीठो नेपालीको प्रयोग गरेको बताए।

प्राडा कुमारप्रसाद कोइरालाले पोखरेलको समालोचना आत्मपरक निबन्ध जस्तो भएको बताए। उनले भने, ‘समालोचनामा हार्दिक अभिव्यक्ति पाइन्छ। समालोचनाले पुन सिर्जनाको बाटो अवलम्बन गरेको छ।’

डा. शैलुन्दुप्रकाश नेपालले समालोचना परम्परागत नभई फरक स्वादमा आएको बताए।

श्रीओम श्रेष्ठ रोदनले संख्या जुलुसमा मात्रै काम लाग्ने तर साहित्यमा काम नलाग्ने भन्दै लेखकले पुस्तकको संख्या बढाउनुभन्दा पुस्तकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

राजकुमार बानियाँले नेपाली साहित्य रूख हरियो भएको तर अग्लो नभएकोे टिप्पणी गरे।

प्रकाशित: २ श्रावण २०७९ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App