कला

पिताको स्मृतिमा पुत्रको शोककाव्य

साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको उमाकान्त शोककाव्य एक समारोहबीच लोकार्पण भएको छ। उक्त शोककाव्यको विमोचन वरिष्ठ साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराईले गरेका हुन्।

अक्षरमार्गले प्रकाशन गरेको उमाकान्त शोककाव्य कविले आफ्ना पिताको सम्झनामा लेखिएको शोककाव्य हो। नेपाली शोककाव्यको इतिहासमा पिताको  स्मृतिमा थोरै मात्र शोककाव्य लेखिएका छन्।

कवि मण्डनेले पनि आफ्ना दिवंगत पिताको  सम्झनामा शोककाव्य रचेर पिताप्रति श्रद्धाभाव पोखेका छन्। उमाकान्त शोककाव्य नेपाली शास्त्रीय छन्दमा लेखिएको छ। करीव दुई दर्जन कृतिका सर्जक डा. गोपाल पौडेल मण्डनेले कविता, मुक्तक, गीत, कथा, निबन्ध, गजल जस्ता नेपाली साहित्यका लोकप्रिय विधामा कलम चलाउँदै आएका छन्।

पुस्तक विमोचन समारोहमा प्रमुख अतिथि डा. तुलसी भट्टराई, विशेष अतिथिको रूपमा डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकारहरू सूर्यप्रसाद लाकोजू, सुदेश सत्याल, कश्यप पौडयाल लगायतले मन्तव्य दिएका थिए।

अक्षरमार्गले आयोजना गरेको सो कार्यक्रममा २०९ औं भानुजयन्तीको अवसर पारेर कविगोष्ठी समेत गरिएको थियो। कविगोष्ठीमा दुई दर्जन कविले समसामयिक विषयका कविता वाचेका थिए। 

प्रकाशित: १ श्रावण २०७९ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App