शिक्षा खनाल
आँसु नदी भई बग्दा वर्षात खास के भन्नू,
जीवन मरेसरि हुँदा कात्रोभित्रको त्यो लास के भन्नू।
भाग्य खोटी हुनेहरूको सपना आफैं टुट्दो रहेछ,
गुमाएको सम्झी–सम्झी भयो नाश के भन्नू।
जिन्दगी त संघर्षमा होम्नु रहेछ दिनरातै,
निधारमा लेखिएको दुखको त्यो रास के भन्नु।
लोभ, पाप, धनकै लागि कति गर्छ मान्छे यहाँ,
दुई छाकको सपनालाई ठूलो आश के भन्नु।
जीवन चोला उठेपछि विश्राम लिन्छ जिन्दगीले,
पलभरको विसौनीलाई सन्तोष भो स्वास के भन्नु।
प्रकाशित: ३१ असार २०७९ ०४:५० शुक्रबार