कला

ध्रुवचन्द्रको २८ औं उपन्यास ‘सातो’ सार्वजनिक

उपन्यासकार ध्रुवचन्द्र गौतमको उपन्यास ‘सातो’ प्रकाशनमा आएको छ। शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा उपकुलपति जगमान गुरुङले ‘सातो’ विमोचन गरेका थिए।

विमोचन कार्यक्रममा उपन्यासकार गौतमले ‘सातो’मा शैली एवम् विषयवस्तुगत नवीन प्रयोग गरेको बताए। गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको थियो। ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो।

प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेखक ध्रुवचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम–व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसङ्गतवादको सफल प्रयोक्ताका रूपमा चिनाएका थिए।

कार्यक्रममा उपन्यास र उपन्यासकारका बारेमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, समीक्षक कृष्णहरि बराल, ज्ञानु पाण्डे, महेन्द्रबहादुर गुरुङ, विनोद दीक्षित लगायतले मन्तव्य राखेका थिए। 

प्रकाशित: २५ असार २०७९ ०२:१७ शनिबार

अक्षर