कला

उपन्यासकार रेखा यादवको ‘आत्मजा’ को परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रेखा यादवको उपन्यास ‘आत्मजा’ को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो परिचर्चा कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं अनुवादक मोहन सिटौला (अमेरिका) थिए। सिटौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष पनि हुन्।

सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथि मोहन सिटौला, अध्यक्ष राधेश्याम लेकाली, अतिथि किशोर पहाडी, रेखा यादव, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती, वरिष्ठ साहित्यकारहरू-युवराज नयाँघरे, डा. दामोदर पुडासैनी, मुरारि सिग्देल, समालोचक डा. रमेश शुभेच्छुक, सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिल, कृतिका सम्पादक साहित्यकार विनोद विश्वकर्मा लगायतले  मन्तव्य राखेका थिए।

प्रकाशित: २४ असार २०७९ ०७:३० शुक्रबार

अक्षर