कला

घाँघरीको पोल्टो

बालकविता

प्रभा भट्टराई

घाँघरीको पोल्टो!

कोल्टो पर्‍यो कोल्टो,

घाँघरीको पोल्टो!

भट्ट-मकै भुटी

च्युरा कुटीकुटी

बनाएको खाजा

भैंमा खस्यो लौ जा!

कोल्टो पर्‍यो कोल्टो,

घाँघरीको पोल्टो!

भैंको टिपी खान,

हुन्न अरे आमा!

भोक लाग्यो धेरै,

गल्ती भयो मेरै!

कोल्टो पर्‍यो कोल्टो,

घाँघरीको पोल्टो!

पर्ख नानी पर्ख,

एकैछिन पर्ख!

बसाल्दै छु हाँडी,

खानुपर्छ बाँडी!

नपार है कोल्टो,

घाँघरीको पोल्टो!

प्रकाशित: २२ असार २०७९ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App