कला

लघुकथा संग्रह ‘हाम्रो बाटो’ को विमर्श

हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानले कथाकार म्यामराज राईको लघुकथासंग्रह ‘हाम्रो बाटो’ माथि विमर्श गरेको छ।

शनिबार भोजपुरको हतुवागढी–१ सगरमाथा माविमा उक्त लघुकथासंग्रहको विमर्श गरिएको हो।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले लघुकथासंग्रहमा भएका कथा तथा ‘हाम्रो बाटो’ प्रवृत्तिले हाम्रो यथार्थ तस्वीर खिचेको बताएका छन्।

कथाकार म्यामराज राईको उक्त लघुकथासंग्रह प्रकाशनले हतुवागढीमा लेखन साथै पठन संस्कृतिको विकासमा ऊर्जा थपेको आयोजकले जनाएको छ।

कार्यक्रममा कृतिका विभिन्न पक्षबारे छलफल तथा टिप्पणी भएको थियो। उक्त लघुकथासंग्रहमा कवि तथा साहित्यिक पत्रकार प्रकाश दिप्साली, अध्यापक प्रकाश बान्तावा र अध्यापक मञ्जु नेपालका बीच सामूहिक अन्तरक्रिया समेत गरिएको हो। उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण गजलकार एलवि प्रधानले गरेका थिए।

अन्तरक्रियाको क्रममा कवि एवं पत्रकार प्रकाश दिप्सालीले लघुकथासंग्रहको छपाइले कथाकार म्यामराज राईप्रति पाठकको अपेक्षा बढेको बताए।

ईश्वरमान राई प्रतिष्ठानका अध्यक्ष इन्द्र थापाको संयोजकत्वमा सम्पन्न उक्त विमर्श कार्यक्रममा पूर्व सांसद माननीय धनहर्क राईको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती, अग्रज कवि एवं उपन्यासकार चन्द्र राई ‘तारा’, पात्लेपानी कला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं गजलकार विश्वजित चाम्लिङ लगायत स्थानीय जनप्रतिनिधिको समेत उपस्थिति थियो।

प्रकाशित: १३ असार २०७९ ०४:३१ सोमबार

अक्षर