कला

चेतना भया!

कविता

चेतना भया!

उता बढ्दै छ, यता घट्दै छ!

उता भुल्न सकिंदैन, यता छोड्न सकिंदैन!

उसको याद, यसको सम्झना!

प्रेम उता, सम्बन्ध यता!

पहिलो प्यार यादगार, अहिलेको औपचारिकता!

त्यो हातको सिरानी न्यानो, यो हातको तातो!

ऊसँगको याद, योसँगको सम्बन्ध!

लामो जीवनको फरक अनुभव

हिजोजस्तो आज नहुन सक्छ

अनि आजजस्तो भोलि

बुझाइ र भोगाई फरक हुन सक्छ!

आफ्नो मन भुलेर अरूको भावना

बुझ्दाबुझ्दै हराएको माया

यादगार मात्र हुन सक्छ!

विगतको यादमा वर्तमान

छुटेको पत्तो नपाउँदा

भविष्य फेरि दुख्न सक्छ!

चेतना भया!

प्रकाशित: १३ असार २०७९ ०४:१६ सोमबार

अक्षर