कला

म त बनाइदिन्छु तिम्रा सबै ती तस्वीरहरू

आधुनिक गीत

एनवी दाहाल नवीन

पत्याएमा पनि ठिकै छ,नपत्याएमा पनि ठिकै छ।

माया गरे पनि राम्रै छ,नगरे पनि राम्रै छ।

जिन्दगीका क्रमबद्धता पनि, मिल्दैछ आजभोलि,

बन्दकीमा रहेको यो आस्था, खुल्दैछ रस घोली।

म त बनाइदिन्छु,तिम्रा सबै ती तस्वीरहरू,

म त सुनाइदिन्छु, मेरा सबै यी संस्मरणहरू।

विश्वास गर्दै अन्धकार चिर्दै प्रेम गरियो,

व्यावहारिक भएर हामी दुवै सँगै भइयो।

प्रकाशित: ४ असार २०७९ ०५:२३ शनिबार

अक्षर